अमरनाथ तीर्थयात्रीहरू जम्मूबाट बालटालका लागि प्रस्थान
अमरनाथ तीर्थयात्रीहरू जम्मूबाट बालटालका लागि प्रस्थान


जम्मू, 30 जुलाई (हि.स.)। अमरनाथ यात्राका लागि बिहीबार बिहान 1,795 तीर्थयात्रीहरू जम्मूबाट बालटालका लागि प्रस्थान गरेका छन्। यसैबीच, बालटालबाट 1,943 यात्री जम्मू फर्के। अधिकारीहरूले भने, 1,795 मानिसहरूलाई कडा सुरक्षाको बिचमा भगवती नगर यात्री निवासबाट बालटाल आधार शिविरमा प्रस्थान गराइयो। पहलगाम मार्गबाट आज कसैले यात्रा गर्ने तालिका छैन।

ज्वाइन्ट पुलिस कन्ट्रोल रुम जम्मूका अनुसार, 23औँ ब्याच 83 वटा गाडीमा बिहान 2ः44 बज प्रस्थान गरेको थियो। यसमा 41 वटा बस, 11 वटा मध्यम मोटर सवारी, 30 वटा हल्का मोटर सवारी र एउटा दुई चक्के सवारी समावेश छन्। ब्याचमा 1,406 पुरुष र 389 महिला तीर्थयात्रीहरू छन्। तीर्थयात्रीहरूका साथमा एस्कर्ट गाडी र एम्बुलेन्स पनि छन्।

अधिकारीहरूका अनुसार, यो ब्याच प्रस्थान भएपछि जम्मूको भगवती नगर आधार शिविरबाट वार्षिक तीर्थयात्राका लागि प्रस्थान गर्ने तीर्थयात्रीहरूको कुल सङ्ख्या 1,34,201 पुगेको छ। यसैबीच, 1,943 तीर्थयात्रीहरूको 22 औँ टोली बिहीबार बालटाल आधार शिविरबाट जम्मूका लागि प्रस्थान गरेको छ। यसमा 1,413 पुरुष तीर्थयात्री, 392 महिला तीर्थयात्री, 12 बालबालिका, 97 साधु र 29 साध्वीहरू छन्। पवित्र अमरनाथ गुफा मन्दिरको वार्षिक तीर्थयात्रा सुचारु रूपमा चलिरहेको छ। जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग र बालटाल मार्गमा सुरक्षा र यातायात व्यवस्थापनका लागि विस्तृत व्यवस्था गरिएको छ।

-------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande