

नयाँ दिल्ली, 30 जुलाई (हि.स.)। प्रश्नपत्र लीक, विद्यार्थीमाथि पुलिसको कारबाही र पेलेट गनबाट गोली चलाएको आरोपमा विपक्षी इन्डी गठबन्धनले बिहिवार संसद भवन परिसरमा विरोध प्रदर्शन गरेको छ। यस अवधि विपक्षी सांसदहरूले नारा लगाए र ठूला पोस्टरहरू लिएर विरोध गरे।
विरोध प्रदर्शनमा काङ्ग्रेसकी महासचिव प्रियङ्का गान्धी, केसी वेणुगोपाल, धर्मेन्द्र यादव, सञ्जय राउत र किशोरी लाल शर्मा सहित धेरै विपक्षी सांसदहरू उपस्थित थिए। विपक्षी नेताहरूले चढ़ावा चोर गद्दी छोड़ जस्ता नारा लगाए र कसले आदेश दियो लेखिएको ठूलो पोस्टर बोकेका थिए।
काङ्ग्रेसका महासचिव केसी वेणुगोपालले एक्समा लेखेका छन्, गृहमन्त्री अमित शाहले कहिलेसम्म राष्ट्रलाई जवाफ दिँदैनन्। गृहमन्त्री संसदबाट बेपत्ता छन् र विपक्षी सांसदहरूले संसद भवनको मकरद्वारमा विरोध प्रदर्शन गरिरहेका छन्। विद्यार्थीमाथि पेलेट गनको आदेश कसले दियो र विपक्षी नेता राहुल गान्धीलाई लोकसभामा बोल्नदेखि किन रोकियो भन्ने स्पष्ट जवाफ विपक्षी दलले चाहन्छ।
विपक्षी सांसदहरूले पुलिसको कारबाही र विद्यार्थीहरूमाथि पेलेट गनको प्रयोगका घटनाहरू गम्भीर रहेको र सरकारले यसको जवाफ दिनुपर्ने बताए। सरकारले विद्यार्थीको आवाज दबाउने प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी