अवैध हतियार तस्करी, एनडिपीएस र उग्रवादी गतिविधिहरू विरुद्ध मणिपुरमा ठूलो कारबाही
Images of the Two Arrested Women with Hand Grenade, NDPS Accused and KCP Woman Cadre in Manipur.


इम्फाल, 30 जुलाई (हि.स.)। मणिपुर पुलिस र सुरक्षा बलले 29 जुलाईमा छुट्टा-छुट्टै कारबाहीमा अवैध हतियार तस्करीमा संलग्न दुई महिला, एनडीपीएस एक्ट अन्तर्गत एक जना अभियुक्त र प्रतिबन्धित उग्रवादी सङ्गठन केसीपी (नोङड्रेनखोम्बा) को एक सक्रिय महिला क्याडरलाई पक्राउ गऱ्यो।

मणिपुर पुलिस मुख्यालयले दिएको जानकारी अनुसार, बुधवार पुलिसले इम्फाल पूर्वी जिल्लाको आन्द्रो पुलिस थाना क्षेत्रको शान्ता बजारबाट 46 वर्षीया रुहिदा बेगम र 18 वर्षीया रोहाना बेगमलाई पक्राउ गरेको छ। यी दुईज नामाथि अवैध रूपमा हतियार र विस्फोटक खरिद, ओसारपसार र बिक्रीमा संलग्न भएको आरोप लगाइएको छ। उनीहरूदेखि एउटा ह्यान्ड ग्रेनेड जफत गरियो, जुन उनीहरूले सम्भावित क्रेतालाई बेच्न कथित रूपमा ल्याएका थिए।

अर्को कारबाहीमा कङ्गपोकपी जिल्लाको मोटबुङ नजिकैको चारहाजारे क्षेत्रबाट सेनापति पुलिस स्टेशनमा एनडीपीएस एक्ट अन्तर्गत दर्ता गरिएको मुद्दामा अभियुक्त आदित्य ढकाल (25) लाई पुलिसले पक्राउ गरेको छ। उ काङ्गपोकपी जिल्लाको पाणिखेती इरङ पार्ट-2 को बासिन्दा हो।

यसैबीच सुरक्षा बलले इम्फाल पूर्वी जिल्लाको पोरोम्पत पुलिस स्टेशन अन्तर्गतको खुराई हेख्रुमाखोङ क्षेत्रबाट प्रतिबन्धित उग्रवादी सङ्गठन केसीपी (नोङड्रेनखोम्बा) को सक्रिय महिला कार्यकर्ता लुवाङथेम रोनिता देवी उर्फ टोरो (24) लाई पक्राउ गरेको छ। पुलिसले यस मामिलामा थप अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande