
नयाँ दिल्ली, 30 जुलाई (हि.स.)। स्वतन्त्रता दिवस समारोहको तयारीलाई मध्यनजर राखेर राष्ट्रपति भवनको प्रांगणमा आयोजित हुने औपचारिक चेन्ज अफ गार्ड समारोह 1 र 8 अगस्तमा हुनेछैन।
राष्ट्रपति भवनले बिहिवार जारी गरेको विज्ञप्ति अनुसार, स्वतन्त्रता दिवस समारोहका लागि रिहर्सलको कारण दुवै दिनको चेन्ज अफ गार्ड समारोह स्थगित हुनेछ। सामान्य परिस्थितिमा समारोह राष्ट्रपति भवनको प्रांगणमा आयोजित गरिन्छ तर स्वतन्त्रता दिवसको तयारीलाई ध्यानमा राख्दै अस्थायी परिवर्तन गरिएको छ।
स्वतन्त्रता दिवस समारोहको रिहर्सल सकिएपछि चेन्ज अफ गार्ड समारोह पूर्वनिर्धारित रूपमा पुनः आयोजना गरिने विज्ञप्तिमा भनिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी