
नयाँ दिल्ली, 31 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार महाराष्ट्रको ठाणेमा भवन दुर्घटनाको घटनामा ज्यान गुमाएकोमा गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। दुर्घटनामा ज्यान गुमाउनेहरूका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट 2-2 लाख रुपियाँ दिने घोषणा गरिएको छ। साथै प्रत्येक घाइतेलाई 50 हजार रुपियाँ आर्थिक सहायता प्रदान गरिनेछ।
सोशल मीडिया प्लेटफर्म 'एक्स' मा जारी गरिएको सन्देशमा प्रधानमन्त्री कार्यालय (पीएमओ) ले ठाणेमा भवन ढलेको कारण ज्यान गुमाएको खबर अत्यन्त दुःखद रहेको बताएको छ। यस कठिन समयमा प्रधानमन्त्रीको समवेदना शोकाकुल परिवारहरूसँग छ र उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरेका छन्।
शोकको यस घड़ीमा केन्द्र सरकार प्रभावित परिवारहरूको साथमा रहेको र प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट घोषणा गरिएको अनुग्रह राशि चाँड़ै प्रदान गरिने प्रधानमन्त्री मोदीले बताए।
बिहिवारर राति महाराष्ट्रको ठाणे जिल्लाको भिवन्डीको बालाजी नगर-गङ्गारामवाडी क्षेत्रमा रहेको चार तले कोहिनूर अपार्टमेन्ट अचानक ढलेको थियो। दुर्घटनामा 9 जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी