
खरसाङ, 09 जुलाई (हि.स.)। खरसाङमा डिजिटल ठगीको घटना सार्वजनिक भएको छ। प्राप्त जानकारी अनुसार, भारतीय रेलवे विभागबाट हालै अवकाश ग्रहण गरेका खरसाङ निवासी साङ्गे लामा डिजिटल ठगीको शिकार बनेका छन्। उनले लगभग १९ लाख 3० हजार रुपियाँ गुमाएको बताइएको छ।
पेन्सनसम्बन्धी विभिन्न प्रक्रिया तथा कागजी कार्यहरू सहज रूपमा सम्पन्न गरिदिने, पेन्सन रकम तथा अन्य सुविधा छिटो उपलब्ध गराइदिने आश्वासन देखाएर ठगी गरिएको बताइएको छ। ठगहरूले विभिन्न बहाना बनाई फोन तथा डिजिटल माध्यममार्फत सम्पर्क गरी विश्वासमा पार्दै चरणबद्ध रूपमा रकम स्थानान्तरण गराउन सफल भएका थिए।
उनले ठगहरूको जालमा फसेर जम्मा १९ लाख २० हजार रुपियाँ गुमाउन पुगेका छन्। घटनापछि उनले सम्बन्धित निकायमा उजुरी दर्ता गरेको छन्। पुलिसले घटनाको जॉंच शुरू गरेको छ। साथै, सर्वसाधारणलाई अपरिचित व्यक्तिको फोन, सन्देश वा डिजिटल माध्यमबाट आउने कुनै पनि आर्थिक कारोबारसम्बन्धी अनुरोधप्रति सतर्क रहन आग्रह गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक