
नयाँ दिल्ली, 10 अगस्त (हि.स.)। आम आदमी पार्टी (आआपा)- का विधायकहरू सोमवार मनसुन सत्रको दोस्रो दिन दिल्ली विधानसभासम्म साइकल चलाएरै पुगे। उनीहरूले छात्राहरूलाई वितरण गरिने साइकलहरूको खरिदमा कथित भ्रष्टाचार भएको आरोप लगाउँदै विधानसबा बाहिर विरोध प्रदर्शन गरे।
आआपा विधायकहरूले आरोप लगाए, दिल्ली सरकारले एक कल्याणकारी योजना अन्तर्गत त्यस्तै साइकल अधिक मूल्य खरिद गरेको थियो।
आआपाका दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले आरोप लगाए, जुन साइकलको बजार मूल्य 4 हजार 2 सय थियो, सरकारले त्यसैलाई 6 हजार 9 सय 57 रुपियाँ प्रतिसाइकल भुक्तान गऱ्यो। दिल्ली सरकारले लगभग 1.30 लाख साइकल खरिद गरेको छ जसबाट प्रतिसाइकल लगभग 3,000 रुपियाँ अधिक भुक्तान गरेको आरोप छ।
सौरभ भारद्वाजले भने, सरकारले छात्राहरूलाई वितरण गरिरहेको साइकल हाम्रो पार्टीले 4 हजार 2 सय रुपियाँमा खरिद गऱ्यो जबकि दिल्ली सरकारले यो साइकल लगभग 7 हजार रुपियाँ खरिद गऱ्यो। उनले भने, आज यी साइकलहरू दिल्ली सरकारकहाँं लगिँदैछ। उनीहरूले पनि त्यहाँबाट त्यस्तै साइकल ल्याए जुन छात्राहरूलाई वितरण गरिँदैछ।
आआपाका बुराड़ीबाट विधायक सञ्जीव झाले आरोप लगाए, साइकल खरिदको लागि हीरो कम्पनीले टेण्डर प्रक्रियामा आवेदन गरेको थियो, तर पछि सोही कम्पनीका साइकलहरू अन्य कुनै डीलरको माध्यमबाट खरिद गरियो। उनले दाबी गरे, यी साइकलहरूको लागि बजार मूल्यभन्दा लगभग 3 हजार रुपियाँ अदिक भुक्तान गरियो।
सञ्जीव झाले भने, यदि त्यै साइकल 4,200 रुपियाँमा उपलब्ध थियो भने सरकारले 6,957 रुपियाँ प्रतिसाइकलको दरले किन खरिद गऱ्यो? उनले भने, लगभग 1.30 लाख साइकलहरूको खरिदमा प्रतिसाइकल लगभग 3,000 रुपियाँको अन्तरको हिसाब सरकारले दिल्लीका जनता समक्ष दिनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा