
पश्चिम बर्दवान, 10 अगस्त (हि.स.)। जिल्लाको अण्डाल थाना क्षेत्रमा ईसीएलको नवकाजोड़ा कोलियरीको गोलाई मोड़स्थित खदान आवासीय क्षेत्रमा एकै रातमा 6 वटा बन्द आवासहरूमा चोरीको घटना भएको प्रकाशमा आएको छ। यस घटनापछि क्षेत्रमा सन्त्राष फैलिएको छ। घटना गए आइतवार राती भएको बताइएको छ।
स्थानीय सूत्र अनुसार चोरी हुँदा सबै 6 वटै आवासहरू बन्द थिए भने त्यहाँ कोही पनि उपस्थित थिएन। यसैको फाइदा उठाएर चोरहरूले आवासभित्र पसी विभिन्न सामग्रीहरू चोरेर लगे। सोमवार बिहान आवासहरूमा फर्किएपछि मात्र मानिसहरूलाई घरमा चोरी भएको थाहा लाग्यो।
घटनाको सूचना पाएर अण्डाल थानाको पुलिस घटनास्थलमा पुग्यो अनि बन्द आवासहरूको जाँच गऱ्यो।
स्थानीय मानिसहरूले दाबी गरे, काजोड़ा गोलाई क्षेत्रमा यसअघि पनि एकसाथ धेरै वटा बन्द खदान आवासहरूबाट यस्तो चोरीको घटना भइसकेको छ। लगातार भइरहेका यस्ता घटनाहरूको कारणले स्थानीय मानिसहरूमा सुरक्षालाई लिएर चिन्ता बढ़िरहेको छ।
बताइन्छ, घटनास्थलको सीसीटीभी फुटेजमा दुई जना संदिग्ध व्यक्तिहरूलाई देखिएको छ। स्थानीय मानिसहरूको दाबी अनुसार उनीहरूको हातमा चपर जस्तै धारिलो हतियारहरू देखिएको छ।
पुलिसले फुटेजको आधारमा संदिग्धहरूलाई चिन्हित गर्ने प्रयास गरिरहेको छ। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा