भाजपाले चाँदनी टाउन हलदेखि हौज काजीसम्म तिरङ्गा यात्रा निकाल्यो, हजारौं कार्यकर्ताहरू सामेल भए
भाजपाले चाँदनी टाउन हलदेखि हौज काजीसम्म तिरङ्गा यात्रा निकाल्यो, हजारौं कार्यकर्ताहरू सामेल भए


नयाँ दिल्ली, 10 अगस्त (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष हर्ष मल्होत्राको नेतृत्वमा स्वतन्त्रता दिवस सप्ताह अन्तर्गत सोमवार पुरानो दिल्लीको चाँदनी टाउन हालदेखि हौज काजीसम्म तिरङ्गा यात्रा निकालियो। व्यापक रूपमा स्कूलका विद्यार्थीहरू पनि तिरङ्गा यात्रा -मा सहभागी भए।

चाँदनी चौकबाट सांसद प्रवीण खण्डेलवाल सहित हजारौं कार्यकर्ताहरू तिरङ्गा यात्रा- मा सम्मिलित भए। यात्रा गर्दैगर्दा धेरै जना स्थानीय व्यपारिक एवं नागरिक सङ्गठनहरूले ठाउँ-ठाउँमा मञ्च बनाएर हर्ष मल्होत्रा एवं प्रवीण खण्डेलवाल सहित सबै तिरंगा यात्राका सहभागीहरूलाई अभिनन्दन गरे।

यात्रामा सहभागी एवं एकत्र पुरानो दिल्लीका नागरिक अनि व्यापारीहरूलाई सम्बोधन गर्दै हर्ष मल्होत्रा तथा प्रवीण खण्डेलवालले स्वतन्त्रता दिवसको शुभकामना दिए।

दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्राले सबैलाई अभिनन्दन गर्दै भने, आज भाजपाले तिरङ्गा यात्रा निकालिरहेको छ। पुरानी दिल्लीबाट यो यात्रा शुरू हुनु भनेको गर्वको कुरा हो। उनले भने, पुरानो दिल्लीस्थित लाल किल्ला ईंटा र ढुङ्गा मात्र होइन, यहीँबाट प्रदानमन्त्रीले प्रत्येक वर्ष 15 अगस्तमा देशलाई सम्बोधन गर्ने गर्दछन्। यहीँबाटै स्वतन्त्रताको घोषणा भएको थियो। पुरानो दिल्लीको कण-कणमा बलिदान अनि स्वाभिमान बसेको छ।

सांसद प्रवीण खण्डेलवालले चाँदनी चौकमा तिरङ्गा यात्रामा सम्मिलित सब देसभक्त कार्यकर्ता अनि नागरिकहरूलाई शुभकामना दिँदै भने, तिरङगा हाम्रो गर्व, प्रतिष्ठा, सम्मान सबैको प्रतीक हो। स्वतन्त्रता दिवसले ती शहीदहरूको स्मरण गराउँछ जसले देशको लागि आफ्नो सर्वस्व न्योछावर गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande