12 वर्षीय बालिकासित बलात्कारः बान्दीपोरा पुलिसले 12 घण्टामै ममिला सुल्झाउँदै दुई जना आरोपीलाई समात्यो
12 वर्षीय बालिकासित बलात्कारः बान्दीपोरा पुलिसले 12 घण्टामै ममिला सुल्झाउँदै दुई जना आरोपीलाई समात्यो


बान्दीपोरा, 10 अगस्त (हि.स.)। बान्दीपोरा पुलिसले एक जना 12 वर्षीय बालिकासित भएको बलात्कारको मामिलालाई 12 घण्टाभित्रै सुल्झाएको छ। रातभरि भएको छापामारीमा दुई जना आरोपीहरूलाई पक्राउ गरिएको छ।

पुलिस अधिकारीहरूले बताए, पुलिसलाई आइतवार लगभग 12 बजी नाबालिकासित कथित बलात्कार भएको जानकारी प्राप्त भयो, त्यसपछि आधिकारिक जाँच शुरू गरियो। जाँचको क्रममा दुई जना आरोपीहरूलाई पक्राउ गरियो जो पीड़िताको लागि अन्जान थिए।

यसबीच पुलिसका एक जना वरिष्ठ अधिकारीले बताए, रातभरि छापामारी गरेर दुई जना आरोपीहरूलाई पक्राउ गरियो। दुवै आरोपी विरूद्ध सम्बन्धित धाराहरू अन्तर्गत एफआईआर दर्ता गरिेको छ। अनुसन्धान जारी छ। चाँड़ै नै आरोपीहरको नाम खुलासा तथा अग्रिम जानकारी साझा गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande