
गुवाहाटी, 10 अगस्त (हि.स.)। असममा भैंसीको मासुको नाममा कथित रूपमा गोरूको मासुको ठूलो व्यापार भइरहेको मामिला प्रकाशमा आएको छ। हाथीगाउँ पुलिसले यस सिलसिलामा रुहुल अमिन नामक व्यक्तिलाई पक्राउ गरी उसको कब्जाबाट व्यापक मात्रामा संदिग्ध गाईको मासु जफत गरेको छ।
पुलिस अनुसार रेलको माध्यमबाट छिमेकी राज्यहरू क्रमैले बिहार, उत्तर प्रदेश औ पश्चिम बङ्गालबाट मासुको खेपलाई असममा ल्याइन्थ्यो। कथित रूपमा खेपलाई पल्टन बजार रेलवे स्टेशनमा उतारेपछि सिजुबाड़ीको अनुपम पथस्थित एउटा गोदाममा लगिन्थ्यो।
पुलिसको आरोप छ, यो गोदाम रहुल अमिनको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो जहाँबाट गुवाहाटीका विभिन्न होटलहरूमा गोरूको मासु आपूर्ति गरिन्थ्यो।
प्रारम्भिक जानकारी अनुसार महिष/गोमांसको नाममा एमएलसी कुरियर सर्भिसको माध्यमबाट पनि यो मासुको ढुवानी गरिन्थ्यो। पुलिसले मामिलाको अनुसन्धान कार्य शुरू गरेको छ जसान्तर्गत कथित आपूर्ति नेटवर्क, मासुको श्रोत तथा यसको गन्तव्यको बारेमा पत्तो लगाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा