
कछार (असम), 10 अगस्त (हि.स.)। असमको कछार जिल्ला अन्तर्गत चन्नीघाट क्षेत्रमा एउटा वाहनबाट तोरीको तेल चोरी गरिएको ममिलामा पुलिसले तीन जना आरोपीहरूलाई पक्राउ गरेको छ। पुलिसले उनीहरूको कब्जाबाट भारी मात्रामा चोरीको तेल जफत गरेको छ।
पुलिस अनुसार स्थानीय स्रोतबाट सूचना प्राप्त भयो, चन्नीघाट क्षेत्रमा राखिएको एएस 26 एसी 1197 नम्बरधारी वाहनबाट केही मानिसहरूलेे धारा ओयल चोरी गरेका छन्। चोरी गरिएका तेलहरूलाई राजनगर, भागा औ ढोलाईस्थित तीन वटा गोदामहरूमा राकिएको छ।
सूचनाको आधारमा लैलापुर पुलिस चौकीको टीमले राजनगर क्षेत्रमा अभियान चलायो। यसै क्रममा धारा मास्टर ओयलका 488 वटा टिन अनि 551 कार्टन जफत गरियो। प्रत्येक कार्टनमा एक लीटरको बोतल थियो।
यस मामिलामा पुलिसले दिलबर हुसैन लस्कर, पुत्र अजमत अली, निवासी राजनगर; साइमुल उद्दीन लस्कर, पुत्र सुमैन अली लस्कर, निवासी चन्नीघाट; औ नाजमुल हुसैन मजुमदार, पुत्र मोइनुल हक मजुमदार, निवासी राजघाट पार्ट-II लाई पक्राउ गरेको छ। तीनै आरोपीहरू कछार जिल्लाको ढोलाई थाना क्षेत्रका निवासी हुन्।
पक्रा पर्ने आरोपीहरूलाई जफत गरिएको सामानसितै अग्रिम कानूनी कारबाहीक लागि ढोलाई थानामा लगियो। मामिलामा लैलापुर पीपीद्वारा कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा