जाँचको क्रममा भिड़न्तमा समातियो अपराधी
मुठभेड़ में घायल आरोपित


कानपुर, 10 अगस्त (हि.स.)। उत्तर प्रदेशमा सोमवार कानपुर जिल्लाको शरह पुलिस थाना क्षेत्रमा गाड़ी जाँचका क्रममा गोली चलाएर भाग्ने क्रममा भएको भिड़न्तपछि पुलिसले बाइक लुट्ने अभियुक्तलाई पक्राउ गरेको छ। जवाबी कारबाहीमा अभियुक्तको खुट्टामा गोली लाग्यो। पुलिसले उसलाई उपचारका लागि अस्पताल लग्यो।

पुलिस उपायुक्त (दक्षिण) दीपेन्द्र नाथ चौधरीले शहर पुलिसले दरगाही लाल नहर पुल नजिकै संदिग्ध सवारी साधन र व्यक्तिहरूको जाँच गरिरहेको बताए। सोही समय कच्चा साढ़तिरबाट बाइक सवार आउँदै गरेको देखियो। जब पुलिसले उसलाई रोक्ने प्रयास गऱ्यो, उसले आफ्नो बाइक घुमाएर भाग्न थाल्यो। पछि लाग्ने क्रममा अभियुक्तले पुलिस टोलीमाथि गोली हान्यो। पुलिसले जवाबी काराबहीमा उसको खुट्टामा गोली हानेर पक्राउ गऱ्यो।

पक्रा परेको अभियुक्तको पहिचान पीएस बिधानुको दलपुर निवासी आशिष उर्फ काशीका रूपमा भएको छ। पुलिस अनुसार, सोधपुछमा अभियुक्त बाइक चोरीको घटनामा संलग्न रहेको खुलासा भएको छ। शरह क्षेत्रको देवसक गाउँमा दम्पतीलाई आक्रमण गरेपछि उसले आफ्ना साथीहरूसँग मिलेर बाइक लुटेको थियो।

पुलिसले घाइते अभियुक्तलाई पहिले भीतरगाँव सामुदायिक स्वास्थ्य केन्द्रमा लग्यो। प्राथमिक उपचारपछि डाक्टरले उसलाई जिल्ला अस्पताल रेफर गरे। अभियुक्त अहिले पुलिस हिरासतमा छ। पुलिसले उदेखि हतियार र कारतूस पनि जफत गरेको छ।

पुलिसले घटनामा संलग्न अन्य अभियुक्तको खोजी गरिरहेको छ। सम्भावित लुकेका ठाउँमा छापा मारेर उनीहरूलाई समात्ने प्रयास भइरहेको छ। अन्य अभियुक्तलाई चाँड़ै पक्राउ गरिने पुलिसले बताएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande