फरक्का जलमार्ग विकास परियोजनाको जेटी सुरक्षालाई लिएर उठ्यो प्रश्न, दुर्घटना हुने आशङ्का
फरक्का जलमार्ग विकास परियोजनाको जेटी सुरक्षालाई लिएर उठ्यो प्रश्न, दुर्घटना हुने आशङ्का


मालदा, 10 अगस्त (हि.स.)। जलमार्ग सम्पर्क व्यवस्थाको विकास औ पर्यटन तथा आवागमनलाई सहज बनाउने उद्देश्यले केन्द्र सरकारको पहलमा फरक्कामा इनल्याण्ड वाटरवेज अथोरिटी अफ इण्डिया (आईडब्ल्यूएआई)- को ‘जल मार्ग विकास परियोजना’ शुरू गरिएको छ। यस परियोजना अन्तर्गत बनाइएको कम्युनिटी जेटी अर्थात घाटहरूबाट दिनहुँ सयकड़ौं मानिसहरू सहित दुई चक्के वाहनहरूले नदी पार गर्दछन्। तथापि यस आधुनिक बुनियादी ढाँचाबाट सर्वसाधारण मानिसहरू कतिसम्म लाभान्वित भइरहेका छन्, यसलाई लिएर अब ठूलो प्रश्न उठिरहेको छ।

सूत्र अनुसार फरक्काको घोड़ायपाड़ा घाट संलग्न जल मार्ग विकास परियोजनाका यी जेटीहरूमा सुरक्षाको पर्याप्त व्यवस्था नभएको आरोप छ। जेटीको चारैतिर मजबुत आधुनिक ब्यारिकेड वा हाई सिक्योरिटी फेन्सिङ्गसम्म छैन जसबाट यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न सकियोस्। त्यसै कारण जलमार्गबाट आवागमन गर्दा नौका वा वेसलमा चढ़्दा-उत्रिँदा हतारमा कुनै पनि समय ठूलो दुर्घटना हुने आशङ्का कायम रहन्छ। विशेष गरी क्षेत्रका नियमित यात्री औ साइकल, मोटरसाइकल लिएर नदी पार गर्ने मानिसहरूले ठूलो जोखिम मोलेर यी जेटीहरूलाई प्रयोग गरिरहेका छन्।अर्कोतिर जेटीको वरिपरी जल क्षेत्रमा जलकुम्भी र अन्य जलीय वनस्पतीहरूको थुप्रो लागेकोले जलयानको आवागमनमा पनि गम्भीर बाधा उत्पन्न भइरहेको छ।

स्थानीय मानिसहरूको आरोप छ, करोड़ौं रुपियाँ खर्च गरेर यो परियोजना बनाइएको भए पनि प्रशासनिक निगरानी र उचित रखरखाउको अभावमा यो बिस्तारै मानिसहरूको लागि ज्यानमारा साबित हुनसक्छ।

नागरिक एवं नियमित यात्रीहरूले माग गरेका छन्, यी जेटीहरूको सुरक्षा व्यवस्थालाई तत्काल मजबुत बनाइयोस्, वेसल र नौका आवागमन गर्ने मार्गलाई जलकुम्भी मुक्त गराइयोस् तथा यात्रीहरूको सुरक्षाको लागि अतिरिक्त व्यवस्था सुनिश्चित गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande