
पश्चिम बर्दवान, 10 अगस्त (हि.स.)। जिल्लाको जामुड़िया विधानसभा क्षेत्र अधिनस्थ तीन वटा गाउँहरूमा आधा राती अचानक बिजुली आपूर्ति ठप्प भएको कारणले ग्रामीणहरूमा आक्रोश फैलिएको छ। चिँचुड़िया, डोबराना औ चिँचुड़िया डाङ्गालपाड़ाका ग्रामीणहरूले आरोप लगाएका छन्, ईसीएलको सोनपुर बाजारी एरिया प्रबन्धनले कुनै पूर्व सूचना बिनै बिजुली आपूर्ति बन्द गरिदियो।
ग्रामीणहरू अनुसार सोमवार अबेर राती अचानक बिजुली गयो। यसले गर्दा तीनै वटा गाउँका मानिसहरूलाई ठूलो समस्या भयो।
स्थानीय निवासी शङ्कर ब्यानर्जीले बताए, ग्रामीणहरूले पछिल्लो दश वर्षदेखिकै ईसीएलको बिजुली लाइनलाई उपयोग गरिरहेका छन्। अचानक बिजुली काटिनाले मानिसहरूमाथि गम्भीर समस्या आइलागेको छ। बिजुली काट्ने खबर फैलिएपछि सोमवार बिहान ठूलो सङ्ख्यामा ग्रामीणहरू सोनपुर बाजारी एरिया कार्यालयमा पुगे। उनीहरूले कार्यालयको गेटलाई घेराउ गरेर विरोध प्रदर्शन गर्दै ईसीएल प्रबन्धनको विरोधमा नाराबाजी गरे।
चिँचुड़िया निवासी अम्बिका ब्यानर्जीले भनिन्, घरमा सानो नानी छ। राज्यको बिजली व्यवस्थाको बिल वहन गर्नु उनक लागि कठिन छ। त्यसैले ईसीएलको बिजुलीमाथि निर्भर ग्रामीणहरू समक्ष अचानक सङ्कट आइ लागेको छ। उनले मुख्यमन्त्रीसित पनि यस मामिलामा हस्तक्षेप गर्ने अपील गरिन्।
घण्टौसम्म चलेको विरोध प्रदर्शन पश्चात जामुड़ियाका विधायक डा. बिजन मुखर्जीले मामिलामा हस्तक्षेप गरे। उनको प्रयासले ईसीएल प्रबन्धनले तीन वटा गाउँहरूमा बिजुली आपूर्ति पुनः बहाल गरिदियो। त्यसपछि ग्रामीणहरूले विरोध प्रदर्शन गर्न छाड़े।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा