झाड़ग्राममा कानून तोड़ौं, जेल भरौं कार्यक्रममा तनाउ, सात जना पक्राउ
झाड़ग्राममा कानून तोड़ौं, जेल भरौं कार्यक्रममा तनाउ, सात जना पक्राउ


झाड़ग्राम, 10 अगस्त (हि. स.)। झाड़ग्राममा आयोजित कानून तोड़ौं, जेल भरौं कार्यक्रममा सोमवार तनाउ उत्पन्न भयो। वामपन्थी केन्द्रिय श्रमिक सङ्गठनहरूद्वारा आयोजित उक्त कार्यक्रम अन्तर्गत झाड़ग्रामको रवीन्द्र पार्कबाट जुलूस निकालियो। जुलूस झाड़ग्रामको अनुमण्डल अधिकारी (एसडीओ) कार्यालयमा पुग्यो।

आरोप छ, कार्यालय परिसरमा प्रदर्शनकारीहरूले पुलिसको फलामको ब्यारिकेडलाई भत्काएर अगाड़ि बढ़्ने प्रयास गरे। पुलिसले उनीहरूलाई रोक्ने प्रयास गर्दा दुवै पक्षबीच धक्का-मुक्का भयो। त्यसपछि प्रदर्शनकारीहरूले बाँसको ब्यारिकेडिङ्गलाई पार गरेर अगाड़ि बढ़्ने प्रयास गरे जसले गर्दा स्थिति अझ तनाउपूर्ण भयो। स्थितिलाई नियन्त्रण गर्नको लागि झाड़ग्राम थानाको पुलिसले सात जना आन्दोलनकारीहरूलाई पक्राउ गऱ्यो। घटनापछि एसडीओ कार्यालय परिसरमा केही समयसम्म कोकोहोलो मचियो।

तथापि पुलिसले पछि हिरासतमा लिइएका आन्दोलनकारीहरूलाई छोड़िदियो। त्यसपछि आ्दोलनकारीहरूले यी सात जना कार्यकर्ताहरूलाई माला लगाएर सम्मानित गरे। पछि आन्दोलनकारीहरूले कार्यक्रम समापन भएको घोषणा गरे।

अर्कोतिर मेदिनीपुर शहरमा पनि वामपन्थी सङ्गठनहरूले केन्द्र सरकारका नीतिहरूको विरोधमा 20 सूत्रीय मागलाई लिएर मेदिनीपुरमा विराट मार्च निकाले।कानून तोड़ौं, जेल भरौं आन्दोलन अन्तर्गत प्रदर्शनकारीहरूले जिल्ला मेजिस्ट्रेट कार्यालयमा पुगेर आफ्ना मागहरूको समर्थनमा ज्ञापन चढ़ाए। आन्दोलनकारीहरूले केन्द्र सरकारको नीति विरूद्ध आवाज उठाउँदै विभिन्न मागहरूलाई तत्काल पूरा गर्ने माग गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande