
दार्जिलिङ, 10 अगस्त (हि.स.)।मुसलधारे वर्षाका कारण जोरबङ्लो नजिक सडकमा पैह्रो गएको छ। गए राति गएको पैह्रोका कारण दार्जिलिङबाट सिक्किम तथा कालेबुङतर्फ जाने सडक जोखिममा परेको छ।
पैह्रोका कारण सडक चर्किएर भासिने अवस्थामा पुगेको छ। समयमै पैह्रोको मर्मत तथा रोकथामका लागि आवश्यक कार्य नगरिए सडक नै भत्किएर यातायात अवरुद्ध हुने सम्भावना रहेको स्थानीयहरूले बताएका छन्।
सडक पूर्ण रूपमा भत्किएमा आगामी दिनमा दार्जिलिङ-सिक्किम तथा दार्जिलिङ-कालेबुङबीचको यातायात प्रभावित हुने सम्भावना देखिएको छ।
पैह्रोहशका कारण सडकको किनारमा रहेको चौतारा समेत धस्किएर तलतिर खसेको छ। वर्षा जारी रहेकाले उक्त क्षेत्रमा थप क्षति हुन सक्ने जोखिमसमेत रहेको छ।
हिन्दुस्थान समाचार / हनोक