
गोलाघाट (असम), 10 अगस्त (हि.स.)। गोलाघाट जिल्लाको नुमालीगढ़ क्षेत्रमा एक जना व्यक्तिले नशाको अवस्थामा अर्को व्यक्तिको निर्मम हत्या गरेको छ। जिल्लाको नुमालीगढ़को पोराजङ्गल क्षेत्रमा लोहित फुकन नामक व्यक्तिलाई क्रूरतापूर्वक धारिलो हतियारले हत्या गरिएको पुलिसले सोमवार जानकारी गराएको छ।
उक्त हत्याको घटना रबीन कलिताले गरेको बताइएको छ। घटनाको समय हिजो राति दुवै जना सँगै बसेर रक्सी खाइरहेका थिए। कुनै विषयमा दुवैबीच झगड़ा भयो जसले गर्दा यो हत्या भएको हो।
घटनाको जानकारी पाएपछि पुलिस घटनास्थलमा पुग्यो र हत्याको आरोपमा रबीन कलितालाई पक्राउ गऱ्यो। पुलिसले लोहित फुकन भनेर चिनिएका वृद्धको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। यस सम्बन्धमा पुलिसले मुद्दा दर्ता गरेको छ र अभियुक्तको खोजी शुरु गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी