
कठुआ, 10 अगस्त (हि.स.)। देशभरि नै भइरहेको किसान-मजदुर आन्दोलनलाई समर्थन गर्दै सोमवार यहाँको कठुआ जिल्लामा पनि किसान-मजदुरहरूले आफ्ना थाँतीमा रहेका मागहरूमा व्यापक प्रदर्शन गरे। यो प्रदर्शन जम्मू-कश्मीर किसान तहरिक औ भवन निर्माण कामगार यूनियन कठुआको संयुक्त ब्यानरमा आयोजना गरिएको हो जसमा ठूलो सङ्ख्यामा किसान अनि मजदुरहरूले भाग लिए।
प्रदर्शनकारीहरूले केन्द्र सरकारका नीतिहरूको विरोधमा एकजुट भएर आवाज उठाए अनिआरोप लगाए, सरकारका नीतिहरू किसान-मजदुरहरूलाई दमन गर्ने अनि कर्पोरेट घरानालाई फाइदा पुऱ्याउने किसिमको छ। उनले भने, हालैमा लागू गरिएको लेबर कोडले मजदुर वर्गका अधिकारहरूलाई कमजोर बनाउनेछ तथा औद्योगिक एकाईहरूमा पाइने सुरक्षा व्यवस्थालाई समाप्त गर्नेछ।
प्रदर्शनमा लेबर कोड अधिनियमलाई तुरून्त फिर्ता लिने माग प्रमुख रूपमा उठाइयो। वक्ताहरूले भने, यो कनून लागू भयो भने मजुदरहरूको अधिकार खोसिनेछ र उनीहरूमाथि शोषण झन् बढ़ड्नेछ।
किसानहरूले पनि आफ्नो समस्या राख्दै केन्द्र सरकारप्रति रोष व्यक्त गरे। उनीहरूले भने, प्रस्तावित बिजुलीको बिल तथा स्मार्टमीटर योजना किसानहरूमाथि अतिरिक्त आर्थिक बोझ लाद्ने प्रयास हो जसको कड़ा विरोध गर्दछौं। किसानहरूले केसीसी (किसान क्रेडिट कार्ड) अन्तर्गत लिइएको ऋणलाई माप गरिदिने माग पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा