
कोलकाता, 10 अगस्त (हि.स.)। पश्चिम मेदिनीपुर संलग्न झाड़ग्राम जिल्लाको नयाँग्राम थाना क्षेत्रमा सोमवार भोर बिहान पुलिसले कारबाही गर्दै दुई वटा वाहनहरूबाट लगभग 22 वटा गाई-गोरूहरूलाई जफत गऱ्यो। दुवै वाहन राती अँध्यारोमा पुलिसको वाहनलाई ओभरटेक गरेर अगाड़ी गएका थिए। वाहनहरूको संदिग्ध गतिविधिलाई ध्यानमा राखेर पुलिस वाहनहरूको पछि लाग्यो। पछि दुवै वाहनलाई रोकर जाँच गरियो।
सोमवार सवेरै 3:50 बजी नयाँग्राम थानाको पुलिसले बालिगेड़िया क्षेत्रममा नियमित गस्ती गरिरहेको थियो। यसै अवधि पुलिसको वाहनलाई ओभरटेक गरेर दुवै वाहन अगाड़ि गए। यी वाहनहरूलाई पछ्याउँदै गएको पुलिसले बालिगेड़िया खण्ड विकास कार्यालयको छेउमा नौ नम्बर राज्य मार्गमा दुवैलाई रोक्यो। वाहनहरूको जाँच गर्दा त्यसमा 22 वटा गाई-गोरूहरू थिए। पुलिसले सबै पशुहरूलाई जफत गरी सुरक्षितसितले राखेको छ।
प्रारम्भिक जाँचमा पुलिसलाई शङ्का लागेको छ, राति अँध्यारोमा यी पशुहरूलाई कुनै ठाउँमा लगिँदैथ्यो। तथावि वाहन चालकको सम्बन्धमा अहिलेसम्म कुनै स्पष्ट जानकारी प्राप्त भएको छैन। पुलिसलाई देखेपछि दुवै चालक घटनास्थलबाट भागे।
पुलिसले वाहनहरूमा उपस्थित अन्य मानिसहरूसित जाँचबुझ गरिरहेको छ। साथै जफत गरिएका गाई-गोरूहरूको स्वामित्व, उनीहरूलाई कहाँ लगिँदैथ्यो र कहाँबाट ल्याइएको थियो, जाँच गरिँदैछ। यो मामिला पशु तस्करसित जोड़िएको छ कि छैन, त्यसको पनि पुलिसले जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा