
सिलगढ़ी, 10 अगस्त (हि. स.)। शहरमा पछिल्लो लामो समयदेखिकै व्याप्त पार्किङ्गको समस्यालाई हल गर्नको लागि व्यापक कदम उठाइएको छ। सिलगढ़ीका विधायक तथा राज्यका पर्यटन मन्त्री शङ्कर घोषको पहलमा कञ्चनजङ्घा स्टेडियमको मेला ग्राउण्डमा सोमवारबाट नयाँ पार्किङ्ग जोनको शुरूआत गरिएको छ।
सूत्र अनुसार हिलकार्ट रोड औ विधान रोडमा अव्यवस्थित पार्किङ्गको कारणले प्रायजसो नै ट्राफिक जामको स्थिति उत्पन्न हुन्थ्यो। यसै समस्यालाई समाधान गर्ने उद्देश्यले यो योजना लागू गरिएको हो। पहिला नै घोषणा गरिएको थियो, मेला ग्राउण्डलाई पार्किङ्गको लागि विकसित गरिनेछ जसान्तर्गत सिलगढ़ी नगरनिगमले त्यहाँको आवश्यक काम पूरा गरिसकेको छ। विधान रोड तर्फको पर्खाललाई भत्काएर प्रवेश अनि निकासको लागि भिन्न-भिन्न मार्ग बनाइएको छ।
सोमवार मन्त्री शङ्कर घोषले यस नयाँ पार्किङ्ग व्यवस्थाको औपचारिक उद्घाटन गरे। अब विधान मार्केट, हिलकार्ट रोड औ खुदीरामपल्लीका व्यापारीहरूले यसै निर्धारित पार्किङ्ग जोनमा राख्नुपर्छ।
मन्त्री शङ्कर घोषले बताए, ट्राफिक व्यवस्थालाई सुचारू बनाइराख्नको लागि व्यापारीहरूलाई सड़क किनारमा वाहन राख्ने अनुमति दिइनेछैन। साथै बाहिरबाट आउने वाहनहरूले पनि यस पार्किङ्ग सुविधाको उपयोग गर्न अनिवार्य छ। यसबाट शहरका मुख्य मार्गहरूमा जामको समस्या केही हदसम्म कम हुने आशा छ।
नयाँ पार्किङ्ग व्यवस्थालाई दुई भागमा विभाजन गरिएको छ- जोन-1 मा स्थानीय व्यापारीहरूको वाहन राखिनेथ भने जोन-2 बाहिरका वाहनहरूको लागि निर्धारित गरिएको छ। प्रारम्भिक 15 दिनसम्म यो सुविधा पूर्ण रूपले निःशुल्क रहनेछ जसपश्चात निर्धारित शुल्क लागू गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा