बोम बम गइरहेकी युवतीको सड़क दुर्घटनामा परी मृत्यु
बोम बम गइरहेकी युवतीको सड़क दुर्घटनामा परी मृत्यु


नगाउँ (असम), 10 अगस्त (हि.स.)। नगाउँ जिल्लाको कठियातुली क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एकजना युवतीको घटनास्थलमै मृत्यु भयो। पुलिसले सोमवार बतायो, बाइक मार्फत बोलबम यात्रामा गइरहेकी एकजना युवती जिल्लाको रङ्गालु एघार माइलमा लड़िन्। त्यसै अवधि त्यहाँ आइरहेको एउटा कन्टेनरको चपेटमा परी युवतीको घटनास्थलमै मृत्यु भयो। युवतीको पहिचान फूलगुड़ी निवासी परिस्मिता दासको रूपमा भएको छ। घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले मृतकाको शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्तागरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande