
सुरत, 10 अगस्त (हि.स.)। गुजरातको सुरतको न्यू सिभिल अस्पतालमा 29 वर्षीय रेसिडेन्ट डाक्टर डा. हर्ष पाण्ड्याको आत्महत्याको अनुसन्धानका क्रममा ऱ्यागिङको गम्भीर घटना प्रकाशमा आएको छ। यस मामिलामा समितिको प्रतिवेदनका आधारमा चार जना वरिष्ठ डाक्टरहरूलाई निलम्बित गरिएको छ।
निलम्बित चिकित्सकहरूलाई अस्पताल र पीजी छात्रावास परिसरमा प्रवेश साथै 6 महिनासम्म सबै प्रकारका अध्यापन तथा शैक्षिक गतिविधिमा रोक लगाइएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।
मूल रूपमा अरावली जिल्लाको मोडासाबाट आएका डा. हर्ष सुभाषचन्द्र पाण्ड्या सुरत सरकारी मेडिकल कलेजको माइक्रोबायोलोजी विभागमा प्रथम वर्षका रेसिडेन्ट डाक्टर थिए। उनी नयाँ सिभिल अस्पताल परिसरमा रहेको ब्वाइज पीजी होस्टलमा बस्दै आएका थिए। 9 अगस्तको बिहान डा. हर्ष ड्युटीमा उपस्थित भएनन्। एक जना वरिष्ठ डाक्टरले उनलाई फोन गरे तर मोबाइल सुइच अफ भएको पाइयो। त्यसपछि साथी रेसिडेन्ट डाक्टरलाई उनको छात्रावासको कोठामा पठाइयो। ढोका भित्रबाट बन्द थियो। धेरै प्रयास गरे पनि ढोका खोल्न नसकेपछि सुरक्षाकर्मीको सहयोगमा ढोका तोड़ियो। भित्र डा. हर्ष झुन्डिएको अवस्थामा फेला परेका थिए।
घटनाको खबर आएपछि अस्पताल प्रशासन र खटोदरा पुलिस घटनास्थलमा पुग्यो। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै राज्यका स्वास्थ्यमन्त्री प्रफुल्ल पानसेरियाले नयाँ सिभिल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र मेडिकल कलेजका डिनको नेतृत्वमा अनुसन्धान समिति गठन गर्न निर्देश दिए।
डा. हर्षका बुबा सुभाष चन्द्र पण्ड्याले भने कि उनका छोराले कहिलेकाहीँ वरिष्ठहरूसँग समस्याहरूको उल्लेख गर्नेगर्थे, यद्यपि उनले कुनै ठूलो समस्या नभएको पनि भन्ने गर्थे। डा. हर्ष यसै वर्षको फरवरीमा माइक्रोबायोलोजी विभागमा भर्ना भएको बताइएको छ। उनको सगाई भएको थियो र दिसम्बरमा विवाह प्रस्ताव गरिएको थियो। उक्त घटनाले परिवारलाई शोकमा डुबाएको छ।
पुलिसले डा. हर्षको मोबाइल फोन र ल्यापटप जफत गरी अनुसन्धान शुरु गरेको छ। एफएसएल टोलीले छात्रावासको कोठाबाट सम्भावित प्रमाण सङ्कलन गरिरहेको छ। पुलिसले ऱ्यागिङ, मानसिक उत्पीड़न र आत्महत्याबीचको सम्भावित सम्बन्ध सहित सबै कोणबाट अनुसन्धान गरिरहेको छ।
यस सम्बन्धमा मेडिकल सुपरिटेन्डेन्टको संयुक्त अध्यक्षतामा गठित उच्चस्तरीय समिति समक्ष प्रथम वर्षका 9 जना रेसिडेन्ट डाक्टर र उनीहरूका परिवारका सदस्यहरूको बयान दर्ता गरिएको सिभिल अस्पतालका डिन डा. जय़ेस ब्रह्मभट्टले बताए। हिजो राति 8ः30 देखि बिहान 4ः00 बजीसम्म चलेको म्याराथन बैठकमा माइक्रोबायोलोजी विभागका वरिष्ठ बासिन्दा, शिक्षक, टेक्निसियन र सफाईकर्मीको बयान रेकर्ड गरियो।
डिन डा. ब्रह्मभट्टले एन्टी ऱ्यागिङ स्क्वाडले एन्टी ऱ्यागिङ कमिटीमा आफ्नो प्रतिवेदन पेश गरेको बताए।
समितिको प्रतिवेदनका आधारमा चार जना वरिष्ठ रेसिडेन्ट डाक्टरलाई अनुशासनहीनता र गम्भीर लापरवाहीको दोषी पाइयो।
डा. निराली वासावे, डा. अनुज माहेश्वरी, डा. दीक्षित घेवरिया र डा. हिना भूत। उनीहरूलाई 6 महिनाका लागि निलम्बति गरिएको छ। उनीहरूलाई तत्काल छात्रावास खाली गर्न र कुनै पनि शैक्षिक गतिविधिमा भाग नलिने आदेश पनि दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी