मणिपुरमा सुरक्षा बलहरूले तीन संदिग्ध उग्रवादी क्याडरहरूलाई पक्राउ गरे
मणिपुरमा सुरक्षा बलहरूले तीन संदिग्ध उग्रवादी क्याडरहरूलाई पक्राउ गरे


इम्फाल, 10 अगस्त (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले अलग-अलग अभियानहरूमा प्रतिबन्धित उग्रवादी सङ्गठनहरूसित आवद्ध तीन जना संदिग्ध क्याडरहरूलाई पक्राउ गरेका छन्।

सुरक्षा बलहरूले गए 9 अगस्तको दिन काकचिङ्ग जिल्लाको काकचिङ्ग थाना अन्तर्गत नोङ्गजुबी चाङ्गफामको छेउमा इको पार्क रोडबाट आरपीएफ/पीएलएका सक्रिय क्याडर एस/एस कर्पोरल थौनाओजाम इबोचौबा मैतेई उपनाम लामता (56)-लाई पक्राउ गऱ्यो। एलाङ्गखानपोकपी मामाङ्ग लिकाई निवासी लामता वर्तमानमा काकचिङ्ग माखा लिकाईमा बस्दै आइरहेका थिए।

अर्को मामिलामा एनडीपीएस अधिनियम अन्तर्गत जिरीबाम थानामा दर्ता प्राथमिकीको जाँच गरेपछि पुलिसले रोहिम मियाँ (31)-लाई पश्चिम बङ्गालको मालदाबाट पक्राउ गऱ्यो। यो कारबाही जिरीबाम थानाको पुलिस टीमले गरेको हो। आवश्यक कानूनी औपचारिकता पूरा गरेपछि उसललाई सोमवार जिरीबाम थानामा ल्याइयो जहाँ उसित अग्रिम जाँचबुझ गरिँदैछ।

यसैबीच सुरक्षा बलहरूले गए 9 अगस्तमा इम्फाल पूर्वी जिल्लाको लामलोङ्गबाट कोङ्सम सनातोम्बा (44)-लाई पक्राउ गरे जो यूएनएलएफ (कोइरेङ्ग)- का सक्रिय सदस्य रहेको बताइएको छ। आरोप छ, उ बलजफ्ती असुली जस्ता गतिविधिहरूमा सामेल थियो भने तेलियापट्टीका एकजना अमणिपुरी निवासीलाई धनको माग गर्दै धम्की दिँदै आएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande