
कोलकाता, 10 अगस्त (हि.स.)। पश्चिम बंङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी सोमवार हलिशहर जानेछन्। त्यहाँ उनले काँचड़ापाड़ामा पुलिस हिरासत अवधि ज्यान गुमाउने तृणमूल कङ्ग्रेसका कार्यकर्ताको परिवारसित भेट गर्न सक्नेछन्।
गए आइतवार यसै परिवारसित भेट गर्नका लागि जाँदा पूर्व मुख्यमन्त्री ममता ब्यनर्जीलाई हलिशहरमा विरोध-प्रदर्शनको सामना गर्नु परेको थियो। उनको वाहनमा मैला तथा फाटेका चप्पलहरू फालिएको आरोप छ। प्रदर्शनकारीहरूले ‘चोर-चोर’- को नारा पनि लगाएका थिए। यो घटना भएको दोस्रो दिन मुख्यमन्त्री अधिकारी हलिशहर गइरहेका छन्।
मृत तृणमूल कार्यकर्ताको घर बाहिर सुरक्षा व्यवस्थालाई बढ़ाइएको छ। प्रारम्भिक जानकारी अनुसार शुभेन्दु अधिकारीले स्थानीय थानामा पुगेर पुलिस अधिकारीहरूसित बातचित गर्न सक्नेछन्।
वास्तवमा असुली समेत केही आरोपहरूको आधारमा काँचड़ापाड़ा नगरपालिकाकी पूर्व तृणमूल कङग्रेस पार्षद जेनी शर्मा केवटका पति बिरजू केवटलाई हलिशहर थानाको पुलिसले पक्राउ गरेको थियो। गत शुक्रवार उनलाई अदालतमा पेश गरिएपछि पुलिस हिरासतमा लिइएको थियो। शनिवार पुलिस हिरासतमै उनको मृत्यु भएको खबर सार्वजनिक भयो। जेनी शर्माले आऱोप लगाइन्, थानाको लकअपभित्र पुलिसले गरेको प्रताड़्नाको कारणले उनको मृत्यु भएको हो।
आइतवार पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी जेनीको परिवारसित भेट गर्नका लागि काँचड़ापाड़ा पुगेकी थिइन्। उनको साथमा लोकसभा सांसद कल्याण ब्यानर्जी र राज्यसभा सांसद डोला सेन पनि थिए। हलिशहरमा ममताको लावा-लस्करलाई विरोधको सामना गर्नुपऱ्यो। घटनापछि ममता ब्यानर्जीले राज्यसरकार अनि पुलिसमाथि चर्को प्रहार गरिन्। उनले शुभेन्दु अधिकारीलाई पनि लक्षित गरिन्। ममताले आऱोप लगाइन्, पुलिसले उपद्रवीहरूलाई संरक्षण दिरहेको छ। बङ्गालको स्थिति चिन्ताजनक भएको छ।
ममता ब्यानर्जीले यो पनि आरोप लगाइन्, प्रदर्शन अवधि उनीहरूको सुरक्षा जोखिममा परेको थियो भने उनीहरूमाथि हमला पनि हनसक्थ्यो। उनले पुलिसमाथि भाजपालाई संरक्षण दिएको आरोप लगाइन्।
भाजपाले ममता ब्यानर्जीका आरोपहरूलाई खारेज गर्दै प्रत्याक्रमम गऱ्यो. पार्टीद्वारा भनियो, पूर्व मुख्यमन्त्री काँचड़ापाड़ाका मानिसहरूलाई उक्साउनका लागि गएकी थिइन् जसको स्थानीय मानिसहरूले विरोध गरे। शुभेन्दु अधिकारीले पनि कटाक्ष गर्द भने, यति धेरै भ्रष्टाचार गरेपछि मानिसहरूले यदि ‘चोर’ भनिरहेका छन् भने त्यसलाई सुन्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा