
सिलगढ़ी, 10 अगस्त (हि.स.)। रेलवेको जमीनबाट हकर्स औ स-साना व्यापारीहरूलाई हटाइएको विरोधमा सोमवार दार्जीलिङ जिल्ला तृणमूल कङ्ग्रेसले सिलगढ़ीमा मार्च निकाल्यो। त्यसपछि एडीआरएम (असिस्टेन्ट डिभीजनल रेलवे म्यानेजर) कार्यालयमा ज्ञापन सुम्पिइयो।
तृणमूल नेताहरूको आरोप छ, रेलवेको यस कारबाहीको कारणले वर्षौंदेखिको यहाँ व्यवसाय गरेर आफ्नो परिवार धान्दै आइरहेका हकर्स तथा स-साना व्यापारीहरूमाथि रोजगारको सङ्कट आइलागेको छ। यिनीहरूलाई पुनर्वास गर्नुपर्ने मागमा यो कार्यक्रम आयोजना गरिएको हो।
रेलवे इन्स्टीट्यूट मैदानबाट शुरू भएको ऱ्यालीमा दार्जीलिङ जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष कुन्तल राय, सिलगड़ी नगरनिगमका पूर्व मेयर गौतम देव, केही वार्ड पार्षदगण, पार्टी कार्यकर्ता औ समर्थकहरू सामेल भएका थिए। ऱ्याली शहरका विभिन्न क्षेत्रहरू हुँदै एडीआरएम कार्यालयमा पुग्यो जहाँ पार्टी प्रतिनिधिहरूले रेलवे अधिकारीहरूलाई ज्ञापन सुम्पिए।
दार्जीलिङ जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष कुन्तल रायले भने, यदि रेलवेलाई आफ्नो जमीन खाली गराउनु छ भने वर्षौंदेखि त्यहाँ काम गरिरहेका मानिसहरूको भविष्यलाई पनि ध्यान दिनुपर्छ। उनले माग गरे, बेदखल गरिएका हकर्सको लागि वैकल्पिक स्थान तथा पुनर्वासको व्यवस्था गरियोस्। पार्टीले यो पनि माग गऱ्यो, कु पनै कारबाही गर्नअघि प्रभावित मानिसहरूसित बातचित गरेर समाधान निकाल्नुपर्छ ताकि उनीहरूको आजीविका सुरक्षित होस्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा