
चेन्नई (तमिलनाडु), १० अगस्त (हि.स.)। प्रख्यात सङ्गीतकार ए. आर. रहमानका छोरा ए. आर. अमीनको लक्जरी कार आज बिहान चेन्नईको गिन्डीको ओलम्पिया टेक पार्क नजिकै अर्को कारसित ठोक्कियो। दुर्घटनामा कोही गम्भीर घाइते भएका छैनन् र सबैलाई हल्का चोट लागेको छ। अड्यार पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।
आज बिहान 3ः30 बजीतिर अमीन आफ्ना एक साथीसँग कारमा गिन्डीतर्फ गईरहेको बताइएको छ। कार गिन्डी ओलम्पिया टेक पार्क सिग्नलमा पुग्यो तर छेउबाट आउँदै गरेको अर्को कारसित ठोक्कियो। यस अवधि दुवै कार छेउबाट क्षतिग्रस्त भए।
एआर रहमानका छोरा अमीन र उनका साथीलाई थोरै चोट लाग्यो। त्यसपछि उनी तुरुन्तै नजिकैको निजी अस्पतालमा गए, जहाँ उनलाई प्राथमिक उपचार गरियो र सुरक्षित घर फर्के। अर्को कारमा रहेका र्यापिडो चालक/यात्रुलाई पनि हल्का चोट लागेको छ। पुलिस अनुसार, उनी सरकारी अस्पताल गएर उपचार गराएपछि घर फर्केका छन्। घटनास्थलमा पुगेको अड्यार ट्राफिक इन्भेस्टिगेशन डिभिजन पुलिसले दुर्घटनामा संलग्न दुवै कार जफत गरेको छ। घटनाको सम्बन्धमा एउटा मुद्दा दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी