
चेन्नई, 10 अगस्त (हि.स.)। तमिलनाडु विधानसभाले आज सर्वसम्मतिले राज्य सरकारको कार्यक्रमको शुरूआतमा राज्य गीत 'तमिल थाई वाज्थू' गाउनु अनिवार्य बनाउने प्रस्ताव पारित गरेको छ। यो मुख्यमन्त्री सी जोसेफ विजयद्वारा प्रस्तुत गरियो।
मुख्यमन्त्री विजयले आफ्नो तमिलगा वेत्वेरी कषगम (टीवीके) सरकारले तमिलनाडुको भाषिक र सांस्कृतिक अधिकारहरूसंग सम्झौता नगर्ने बताए। आफ्नो सम्बोधनमा विजयले भने, तमिल एउटा भाषा मात्र होइन, यो हाम्रो जीवन र हाम्रो भावना हो। मातृभाषा आफ्नी आमा जत्तिकै पवित्र हुन्छ।
प्रस्ताव अनुसार, तमिलनाडुका शैक्षिक संस्था, विश्वविद्यालय, सरकारी कार्यालय र सार्वजनिक क्षेत्रका उपक्रमहरूमा हुने सबै कार्यक्रमहरू अब राज्य गीतबाट शुरु हुनेछन्। मुख्यमन्त्री विजयले तमिल भाषाको महानता र भारतीय सङ्घीय प्रणालीमा 'तमिल थाई वाज्थू' को महत्त्वलाई उजागर गर्दै अत्यन्त भावुक भाषण दिए। उनले सदनमा उपस्थित सबै सदस्यलाई पार्टी मतभेदभन्दा माथि उठेर प्रस्तावलाई समर्थन गर्न अपील गरे।
विजयले भने, संसारका सबै भाषाहरू सञ्चारका माध्यम हुन्। हाम्रा लागि तमिल केवल बोलिने भाषा वा ध्वनि मात्र होइन। यो हाम्रो जीवन, भावना र पहिचान हो। सन् 1891 मा लेखक मनोन्मणियम सुन्दरनारको नाटकको पायिराम (प्रस्तावना) मा समावेश गरिएको तमिल थाई वाज्थूले भारतको निधारमा तिलक जस्तै तमिलनाडुको महिमा गरेको उनले बताए।
तमिल थाई वाज्थू 23 नोभेम्बर 1970 देखि तमिलनाडुमा सरकारी समारोहहरूमा प्रमुख रूपमा गाइएको र 17 दिसम्बर 2021 मा आधिकारिक रूपमा राज्य गीतको रूपमा मान्यता प्राप्त भएको उनले स्मरण गराए। केन्द्रिय गृह मन्त्रालयको हालैको सल्लाहपछि यो कदम चालिएको हो।
यस सुझाउमा राज्य र केन्द्र शासित प्रदेशहरूलाई 28 जनवरीदेखि यस निर्देशको कड़ाईका साथ पालन गर्न आग्रह गरेको छ। निर्देशमा आधिकारिक समारोहमा राष्ट्रगानअघि राष्ट्रिय गीत 'बन्दे मातरम' गाउन आह्वान गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी