आदिवासी दिवसमा नारायण गढ़मा भाजपाद्वारा निकालियो पदयात्रा
आदिवासी दिवसमा नारायण गढ़मा भाजपाद्वारा निकालियो पदयात्रा


मेदिनीपुर, 10 अगस्त (हि.स.)। विश्व आदिवासी दिवसको अवसरमा गए आइतवार पश्चिम मेदिनीपुर जिल्लाको नारायणगढ़ तथा बेलदामा भिन्न-भिन्न कार्यक्रमहरू आयोजना गरियो। नारायणगढ़मा स्वतन्त्रता सङ्ग्राममा आदिवासी समाजले पुऱ्याएको योगदानलाई स्मरण गर्दै भाजपाद्वारा पदयात्रा निकालियो भने बेलदामा अभयालाई न्याय अनि महिला एवं बाल सुरक्षाको मागलाई लिएर क्याण्डल मार्च निकालियो।

आइतवार साँझ नारायणगढ़को बिरबिरा क्षेत्रमा भाजपाद्वारा आयोजित पदयात्रा विधायक रमाप्रसाद गिरीको अगुवाईमा निकालिएको थियो। पदयात्रा बिरबिरास्थित भाजपा कार्यालयबाट शुरू भएर क्षेत्रका विभिन्न मार्गहरू भएर गुज्रियो। यसमा भाजपा कार्यकर्ता, समर्थक सहित स्थानीय मानिसहरूले भाग लिएका थिए। यस अवसरमा भारत छोड़ आन्दोलन सहित स्वतन्त्रता सङ्ग्राममा आदिवासी समाजका वीर योद्धाहरूले दिएका योगदानलाई स्मरण गर्दै उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरियो।

पदयात्रापछि आदिवासी समाजका वरिष्ठ नागरिकहरूलाई सम्मानित गरियो। भाजपा कार्यकर्ताहरूले उनीहरूलाई सम्मान पत्र र अन्य सामग्रीप्रदान गरी कृतज्ञता व्यक्त गरे। कार्यक्रममा भाजपा नेता नान्टू कुइल्या, ध्रुवज्योति हाजरा, चन्दन कुइल्या औ अभिजीत हाजरा सहित केही कार्यकर्ताहरू उपस्थित थिए।

यसरी नै बितेको आइतवार साँझ बेलदा शहरमा महिला एवं बाल सुरक्षा समितिद्वारा अभयलाई न्यायको माग गर्दै क्याण्डल मार्च निकालियो। मार्च बेलदा-केशियाड़ी मोड़बाट शुरू भएर शहरका विभिन्न मार्ग तथा बजार क्षेत्र हुँदै महात्मा गान्धीको प्रतिमा समक्ष पुगेर समाप्त भयो। हात-हातमा मैनबत्ती बोकेर मार्चमा सामेल मानिसहरूले महिला एवं बाल-बालिकाहरूविरूद्ध हिंसालाई रोक्नने एवं मामिलामा शीघ्र न्याय सुनिश्चित गर्ने माग गरे।

समितिकी अध्यक्षा सुजाता जानाले भनिन्, महिलाहरूको सुरक्षाको लागि आज पनि सड़कमा उत्रिन परिरहेको छ। उनले अभया मामिलाका दोषीहरूलाई यथाशीघ्र सजाय दिने अनि महिला तथा बाल-बालिकाहरूको सुरक्षा सुनिश्चित गर्ने माग गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande