रेलवेमा नोकरी दिलाउने नाममा ठगी, सिलचरबाट दुई पक्राउ
रेलवेमा नोकरी दिलाउने नाममा ठगी, सिलचरबाट दुई पक्राउ


कछार (असम), 10 अगस्त (हि.स.)। असमको सिलचरमा रेलवेमा नोकरी दिलाउने नाममा कथित रूपमा पैसा लिएको आरोपमा पुलिसले दुई जना मानिसहरूलाई पक्राउ गरेको छ। यी आरोपीहरूको पहिचान अभिजीत डे (44) र देबातोष भट्टाचार्य (52)- को रूपमा भएको छ।

पुलिस अनुसार आरोपीहरूले कथित रूपमा आफूलाई रेलवेसित सम्बन्धित अधिकारी बताएर नोकरी गर्न चाहने युवाहरूबाट 35-40 हजार रुपियाँसम्म लिएका थिए। सिलचरको तारापुरस्थित एक म्यारिज हलमा रेलवे वेयरहाउस कर्मचारीहरू स्वास्थ्य जाँच एवं जागरूकता शिविर भइरहेको बेला कथित ठगीको मामिला प्रकाशमा आयो।

प्रारम्भिक जाँचमा गुवाहाटीको नूनमाटी निवासी धन कुमार डेकाको नाम कथित मुख्य सूत्रधारको रूपमा सामु आएको छ। पुलिसले उसलाई खोजिरहेको छ साथै सम्पूर्ण ममिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande