
कोलकाता, 10 अगस्त (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको सुरक्षालाई लिएर सोमवार ठूलो आश्वासन दिएका छन्। उनले ममता ब्यनर्जीलाई अपील गरे, उनी राज्यको कुनै पनि ठाउँमा जाउन्, तर आफ्नो भ्रमणको सूचना समयमै पुलिसलाई दिउन् ताकि उनको सुरक्षाको लागि उचित व्यवस्था गर्न सकियोस्।
अधिकारी सोमवार हालीशहरमा पुलिस हिरासतमा मृत तृणमूल कङ्ग्रेस कार्यकर्ता बिरजु केवटको घरमा पुगेका थिए। त्यहाँबाट फर्किएपछि पत्रकारहरूसि बातचित गर्ने क्रममा उनले गए आइतवार ममता ब्यानर्जीको हालीशहर भ्रमणमा भएको हमलाको उल्लेख गर्दै भने, उनले आफ्नो भ्रमणको जानकारी पुलिसलाई दिएकी थिइनन्, त्यसैले त्यहाँ भीड़को आक्रोश विस्फोट भयो। स्थानीय विधायकले घटनाको जानकारी पाउनसाथ पुलिसको माध्यमबाट स्थितिलाई सम्हाल्ने प्रयास गरे।
मुख्यमन्त्रीले भने, “मेरो अनुरोध छ कि अबदेखि तपाई जहाँ गए पनि समयमा पुलिसलाई जानकारी दिनुहोस्। तपाईले जसलाई भए पनि चाहे कोलकाताका पुलिस आयुक्त वा पुलिस उपमहानिरीक्षकलाई बताउन सक्नु हुनेछ। यदि पुलिस महानिदेशक तपाईलाई उपयुक्त लाग्दैन भने अन्य कुनै अधिकारीलाई सूचना दिनुहोस्। हाम्रो पुलिसले तपाईको सुरक्षाको व्यवस्था गर्नेछ।”
उनले भने, सुरक्षा व्यवस्थामा कुनै लापरवाही भएको छैन। आइतवार ममता ब्यानर्जीको लस्करमा भएको घटनालाई स्थानीय पुलिसको समस्या बताउँदै उनले भने, पुलिस सदैव एकै ठाउँमा बस्न सक्दैन। स्थितिलाई सम्हालन्को लागि पुलिसलाई केही समय पनि दिनुपर्छ।
बितेको आइतवार हालीशहरमा मृत तृणमूल कार्यकर्ता विरजू केवटको घर जाँदा ममता ब्यानर्जीको लस्करलाई विरोधको सामना गर्नु परेको थियो।आरोप छ, प्रदर्शनकारीहरूले उनको वाहनमा पानी, मैला, ढुङ्गा तथा जुत्ता फाले। यस अवधि ममता ब्यानर्जीको विरोधमा नाराबाजी पनि गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा