
मेदिनीपुर, 10 अगस्त (हि.स.)। दिल्लीको जहाँगीरपुरीमा 19 जुलाईमा भएको हत्याको सम्बन्धमा खोजिएको ग्याङ्स्टरलाई नन्दीग्रामबाट पक्राउ गरिएको छ। अभियुक्तको पहिचान बिहार निवासी वसीम अकरम उर्फ लम्बुको रूपमा भएको छ।
नन्दीग्राम पुलिस अनुसार, हत्याको घटनापछि वसीम अकरम नन्दीग्रामको चौरङ्गीमा आफ्नो एक आफन्तको घरमा लुकेको थियो। दिल्ली पुलिसले उ नन्दीग्राममा लुकेको जानकारी पाएपछि नन्दीग्राम पुलिस थानाको सहयोगमा उसको खोजी शुरु गरिएको थियो। दिल्ली पुलिस र नन्दीग्राम पुलिस थानाको संयुक्त कारबाहीमा अभियुक्तलाई पक्राउ गरियो।
दिल्लीको जहाँगीरपुरीमा भएको हत्या प्रकरणमा वसीम अकरम मुख्य अभियुक्तमध्ये एक हो, नन्दीग्राम पुलिस थाना प्रभारी अजय मिश्राले भने।
नियमानुसार आवश्यक कानूनी प्रक्रिया पुरा गरेपछि अभियुक्तलाई दिल्ली पुलिसलाई सुम्पिएको छ, थाना प्रभारीले भने। दिल्ली पुलिसले अब उसलाई आफूसँगै लिएर यस मामिलामा थप कारबाही गर्नेछ।
/ बिशाल