पश्चिम बङ्गालका अधिकांश जिल्लाहरूमा मेघ गर्जनसितै पानी पर्ने सम्भावना
पश्चिम बङ्गालका अधिकांश जिल्लाहरूमा मेघ गर्जनसितै पानी पर्ने सम्भावना


कोलकाता, 10 अगस्त (हि.स.)। पश्चिम बङ्गालका केही भागहरूमा सोमवार बादल लाग्नको साथै मेघ गर्जन अनि वर्षा हुने सम्भावना छ। मौसम विज्ञान विभाग अनुसार गङ्गीय पश्चिम बङ्गाल औ उप-हिमालयी पश्चिम बङ्गालका केही जिल्लाहरूमा आज बिजुली चम्किनको साथै केही स्थानहरूमा तीव्र हावा चल्ने सम्भावना छ।

मौसम विभाग अनुसार राज्यका दक्षिणी भागहरूमा विकसित निम्न दबाव क्षेत्रले मौसमका गतिविधिहरूलाई प्रभावित पारिरहेको छ। यो स्थिति गत 8 अगस्तमा दक्षिणी पश्चिम बङ्गाल तथा यस संलग्न ओडिशा क्षेत्रमा विकसित भएको थियो। यसको प्रभावले दक्षिण बङ्गालमा वर्षाका गतिविधिहरू कायम रहने सम्भावना छ।

दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार औ कुचबिहारमा बादल लाग्नको साथै हल्कादेखि मध्यम वर्षा वा मेघ गर्जनसितै वर्षा हुनसक्छ। उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर औ मालदहका पनि कतिपय स्थानहरूमा वर्षा हुनसक्छ। पहाड़ी जिल्लाहरूको मौसम अपेक्षाकृत अधिक नम रहने सम्भावना छ।

कोलकाता, हावड़ा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, नदिया र पूर्व बर्दवानमा दिनभरि बादल लाग्नेछ भने कतै-कतै वर्षा अनि बिजुली चम्किनसक्छ। महानगर तथा यस वरिपरीका क्षेत्रहरूमा आद्रताबीच अचानक तीव्र वर्षा हुने सम्भावना रहेको छ।

पश्चिम मेदिनीपुर, पूर्व मेदिनीपुर, झाड़ग्राम, बाँकुड़ा, पुरुलिया औ पश्चिम बर्दवानमा पनि स्थानीय स्तरमा बिजुली चम्किनको साथै वर्षा हुनसक्छ। केही स्थानहरूमा हावाको गति तीव्र हुने सम्भावनलाई अस्वीकार गर्न सकिँदैन।

मुर्शिदाबाद र बीरभूममा पनि बादल लाग्ने तथा कतिपय स्थानहरूमा पानी पर्ने सम्भावना छ। मौसममा आएको परिवर्तनको कारणले स्थानीय स्तरमा केही समयसम्म तीव्र वर्षा हुनसक्छ।

कोलकातामा सोमवार आकाश मुख्यतः बादलहरूले घेरिने सम्भावना छ। शहर तथा यस वरपरका क्षेत्रहरूमा रोकिँदै पानी

राज्यमा अधिकतम तापमान सामान्यतः 32- 34 डिग्री सेल्सियसबीच रहने सम्भावना छ भने न्यूनतम तापमान लगभग 25-27 डिग्री सेल्सियसबीच रहनसक्छ। वर्षा भए पनि वातावरणमा आद्रता कायम रहने सभावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande