गढ़चिरौलीको आश्रम स्कूलमा सर्पले डसेर तीन जना छात्राहरूको मृत्यु, तीन जना घाइते
गढ़चिरौलीको आश्रम स्कूलमा सर्पले डसेर तीन जना छात्राहरूको मृत्यु, तीन जना घाइते


मुम्बई, 10 अगस्त, (हि.स.)। महाराष्ट्रको गढ़चिरौली जिल्ला अन्तर्गत धनोरा खण्डस्थित जपतलाई निवासी आश्रम स्कूलमा बितेको राती सर्पले डसेर तीन जना छात्राहरूको मृत्यु भयो भने अन्य तीन जना छात्राहरूलाई धानोरा ग्रामीण अस्पतालमा भर्ती गरिएको छ। गम्भीर अवस्थामा यी छात्राहरूलाई डाक्टरहरूको निगरानीमा राखिएको छ।

मुख्यमन्त्री देवेन्द्र फडणवीसले सोमवार यस घटनाको तत्काल जाँच गरेर रिपोर्ट राज्य सरकारलाई सुम्पिने आदेश जिल्ला प्रशासनलाई दिएका छन्।

यस मामिलाको जाँच गरिरहेको जिल्ला प्रशासनका एकजना अधिकारीले बताए, जपतलाई निवासी आश्रम स्कूलमा बितेको राती लगभग 2-2.30 बजेबीच छात्राहरू भोजन सेवन गरेपछि सुतिरहेका थिए, अचानक 6 जना छात्राहरूलाई सर्पले डस्यो। घटनाको जानकारी पाउनसाथ सबै प्रभावित छात्राहरूलाई तत्काल अस्पताल पुऱ्याइयो। धनोरा ग्रामीण अस्पतालमा उपचारको क्रममा कक्षा 6 -की दीपिका लकड़ा र कक्षा 8- की सुष्मिता मण्डलको मृत्यु भयो। त्यसपछि गढ़चिरौली जिल्ला अस्पतालमा उपचाराधिन कक्षा 2- की अनु कोरेटीको पनि मृत्यु भयो।

सर्पले डसेका अन्य प्रभावित तीन जना छात्राहरूको गढ़चिरौली जिल्ला अस्पतालमा उपचार भइरहेको छ जसमा कक्षा 5- की दीपिका मडावी, कक्षा 6- की कविता किरङ्गा औ कक्षा 8- की समृद्धि सुरेश नैतम सामेल छन्। समृद्धि नैतमको अवस्था गम्भीर रहेको बताइएको छ। यी तीनै छात्राहरूलाई एन्टी-वेनम दिइएको छ भने डाक्टरहरूले उनीहरूको स्थितिमाथि लगातार नजर राखिरहेका छन्।

गढ़चिरौलीका संरक्षक मन्त्रीले घटनास्थलको दौड़ाह गरी छात्राहरूको सुविधा बढ़ाउने अनि यस किसिमको गटनाको पुनरावृत्तिलाई रोक्ने निर्देश जिल्लाधिकारीलाई दिएका छन्। जिल्ला प्रशासनले यस मामिलाको उच्चस्तरीय जाँच गर्ने आदेश जारी गरेको छ जसान्तर्गत छात्राहरूको बस्ने व्यवस्था, स्कूल परिसरमा सुरक्षा उपाय, साफ-सफाई औ प्रबन्धनको पक्षबाट निर्धारित नियमहरूको पालन गरिएको थियो कि थिएन आदिको जाँच गरिनेछ। प्रशासनले स्पष्ट रूपमा भएको छ, जाँचमा यदि कुनै प्रकारको लापरवाही वा सुरक्षा सम्बन्धी कमी पाइयो भने जिम्मेवार मानिसहरूविरूद्ध नियमानुसार कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande