
सिलगढ़ी, 11 अगस्त (हि.स.)। सिलगढ़ीको सेवक रोड स्थित एक नर्सिङ्ग होममा भएको रोगीको मृत्युलाई लिएर गए सोमवार राति तनाउ उत्पन्न भयो। मृतकको परिवारले चिकित्सामा लापरवाही गरेको गम्भीर आरोप लगाएको छ। परिवारको दाबी छ, नर्सिङ्ग होममा भर्ती गराएको केही घण्टाभित्रै रोगीको मृत्यु भयो।
घटनापछि आक्रोशित आफन्तहरूले नर्सिङ्ग होम परिसरमा प्रदर्शन गर्नका साथै सेवक रोडको मुख्य सड़कलाई जाम गरेर विरोध प्रदर्शन गरे। सूचना पाएर भक्तिनगर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। मृतकको पहिचान पवन शाहको रूपमा भएको छ जो सिलगढ़ीको गुरूङ बस्ती निवासी रहेको बताइएको छ।
परिवारजन अनुसार लगभग तीन दिनअघि पवन शाहको स्वास्थ्य बिग्रिएपछि अस्पतालमा भर्ती गरिएको थियो। प्रारम्भिक उपचार अवधि उनको अवस्था सामान्य थियो। पछि अचानक अस्पतालको पक्षबाट परिवारलाई बताइयो कि रोगीको स्थिति ठीक छैन, त्यसैले उसलाई उन्नत उपचारको आवश्यकता छ।
अस्पतालको सल्लाह बमोजिम परिवारले गए सोमवार अपरान्ह पवन शाहलाई सेवक रोडस्थित एक नर्सिङ्ग होममा भर्ती गरायो।
यद्यपि परिवारको आरोप छ, भर्ती भएपछि उनीहरूलाई रोगीसित भेट गर्न दिइएन। रोगीको स्वास्थ्य स्थितिको बारेमा पनि उनीहरूलाई स्पष्ट जानकारी दिरहेको थिएन। गए राती उनीहरूलाई पवन शाहको मृत्यु भएको जानकारी प्राप्त भयो। त्यसपछि परिवारका सदस्यहरू आक्रोशित भए। उनीहरूले प्रश्न उठाएका छन्, अस्पतालमा भर्ती गराएको केही घण्टाभित्रै रोगीको मृत्यु कसरी भयो?
घटनापछि अस्पताल बाहिर तनाउको स्थिति उत्पन्न भयो। आक्रोशित परिवारले अस्पताल प्रबन्धनविरूद् प्रदर्शन शुरू गरे। जुन हेर्दा-हेर्दै सड़कसम्म पुग्यो। परिवारले पछि सेवक रोडको मुख्य सड़कलाई जाम गरिदियो जसबाट व्यस्त सड़कमा यातायात प्रभावित भयो।
सूचना पाउनसाथ भक्तिनगर थानाको पुलिस घटनास्थलमा पुग्यो। प्रदर्शनकारीहरूलाई सम्झाएपछि स्थितिलाई बिस्तारै सामान्य बनाइयो। परिवारले उपचारमा लापरवाही भएको हो कि होइन, यसको निष्पक्ष जाँच गर्ने माग गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा