
फाजिल्का, 11 अगस्त (हि.स.)। फाजिल्का जिल्लामा तीन दिनपछि हेरोइनको एउटा ठूलो खेपलाई जफत गरिएको छ। स्टेट स्पेशल अपरेशन सेलको इन्टेलिजेन्स विङ्गले 30 किलो हेरोइन जफत गरिएको तीन दिनपछि अब फेरि स्पेशल टास्क फोर्सले जलालाबादमा 30.672 किलो हेरोइन जफत गरेको छ।
एन्टी नारकोटिक्स टास्क फोर्स, फिरोजपुर रेञ्जका एसपी गुरिन्दरबीर सिंह सिद्धू अनुसार पुलिसलाई गुप्त सूचना प्राप्त भएको थियो। यसैको आधारमा सोमवार र मङ्गलवार बीचको राती जलालाबाद शहरको फाजिल्का-फिरोजपुर हाइवेमा हरि कृष्ण सिनेमाको छेउमा एउटा कारलाई रोकियो। कारमा तीन जना मानिसहरू सवार थिए। जाँच गर्दा पुलिसले हुण्डई वरना कारबाट हेरोइनको 30 वटा प्याकेट भेटियो जसको वजन 30.672 किलो रहेको बताइएको छ। कारको पञ्जीकरण नम्बर फिरोजपुर जिल्लाको गुरूहरसाय क्षेत्रको रहेको छ।
पुलिसले यस मामिलामा फिरोजपुर शहर निवासी हंसप्रीत सिंह, अंशप्रीत सिंह तथा फिरोजपुर जिल्लाको गाउँ गुलाम पत्रा निवासी आकाश सिंहलाई पक्राउ गरेको छ। एसपी मुताविक हेरोइनको यो खेप फिरजपुर जिल्लाको अलिके गाउँबाट ल्याइएको थियो भने यसलाई जलालाबाद शहरमा कुनै व्यक्तिलाई सुम्पिइनु थियो। पुलिसले दाबी गरेको छ, यो नशालु पदार्थको खेपलाई पाकिस्तानबाट ड्रोनको माध्यमबाट भारतमा ल्याइएको थियो। हाल पुलिसले पक्रा पर्ने आरोपीहरूसित जाँचबुझ गरी यो नेटवर्कसित जोड़िएका अन्य मानिसहरू र खेपको अग्रिम सम्पर्कको पत्तो लगाउन जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा