उपचारमा लापरवाही गरेको आरोप, बालिकाको मृत्युलाई लिएर चाँचल अस्पतालमा रड़ाँको
उपचारमा लापरवाही गरेको आरोप, बालिकाको मृत्युलाई लिएर चाँचल अस्पतालमा रड़ाँको


मालदा, 11 अगस्त (हि.स.)। चाँचल सुपर स्पेशियलिटी अस्पतालमा आठ वर्षीय बालिकाको मृत्यु भएपछि मङ्गलवार तनाउ फैलियो। उपचारमा लापरवाही औ पर्याप्त चिकित्सा नपाएको आरोप लगाउँदै मृत बालिकाको परिवारले अस्पताल परिसरमा विरोध प्रदर्शन गऱ्यो। मृत बालिकाको पहिचान पूजा कुमारी (08)- को रूपमा भएको छ जो हरिश्चन्द्रपुर-2 ब्लकको दौलतपुर निवासी थिए।

परिवारजन अनुसार पूजा पछिल्लो दुई दिनदेखिको तीव्र ज्वरोले ग्रस्त थिई। मङ्गलवार उसको स्वास्थ्य अचानक बिग्रिएपछि तत्कालै चाँचल सुपर स्पेशियलिटी अस्पतालमा पुऱ्याइयो। परिवारको आरोप छ, अस्पतालमा भर्ती गराएपछि शिशु विभागमा ड्यूटीमा तैनाथ डाक्टर सौमेन सावले बालिकाको उचित तथा पर्याप्त उपचार नगरी उसलाई मालदा मेडिकल कलेज एवं अस्पतालमा रेफर गरिदिए।

परिवार अनुसार, बालिकालाई एम्बुलेन्स मार्फत मालदा लैजाने तयारी गरिँदैथ्यो, अस्पताल परिसरमै उसको मृत्यु भयो। बालिकाको मृत्युको खबर पैलिसाथ परिवारजन आक्रोशित भए। उपचारमा लापरवाही भएको आरोप लगाउँदै उनीहरूले अस्पताल परिसरमा विरोद प्रदर्शन गर्न शुरू गरे। यस अवधि डाक्टर र अस्पतालका सहायक अधीक्षकसित परिवारजनको चर्को बहस भयो। सूचना पाएर चाँचल थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो।

मृत बालिकाका मामा प्रदीप रविदासले आरोप लगाए, उनले बालिका स्वस्थ हुने आशा बोकेर अस्पतालमा लिएर आएका थिए, तर उचित उपचार नगरी उसलाई रेफर गरियो। उनीहरूले मामिलाको निष्पक्ष जाँच औ न्याय गर्ने माग गरे।

यद्यपि डा. सौमेन सावले उपचारमा कुनै पनि प्रकारको लापरवाही नगरेको बताउँदै अघि भने, बालिकाको अवस्था अत्यन्त गम्भीर थियो, त्यसैले उन्नत उपचारको निम्ति उसलाई मालदा मेडिकल कलेजमा रेफर गरिँदैथ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande