
कछार (असम), 11 अगस्त (हि.स.)। असम राइफल्सले सीमा शुल्क विभाग, कछारसित मिलेर संयुक्त अभियान सञ्चालन गरी कछार जिल्लाको श्रीकोना निकट लतिग्राममा लगभग 1.17 करोड़ रुपियाँको प्रतिबन्धित वस्तु जफत गऱ्यो।
असम राइफल्सद्वारा आज दिइएको जानकारी अनुसार अभियान अवधि 4.5 लाख सिगगरेटको स्टिक र 500 किलोग्राम खसखसको बिजन जफत गरियो। यस अतिरिक्त एउटा कन्टेनर वाहन र दुई वटा मोबाइल फोन पनि जफत गरिनको साथै दुई जना मानिसहरूलाई हिरासतमा लिइयो।
जफत गरिएको सामान र हिरासतमा लिइएका दुई जना आरोपीहरूलाई अग्रिम कानूनी कारबाहीको लागि शुल्क विभाग कछारलाई सुम्पिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा