श्रीभूमिमा 13 करोड़को मर्फिन जफत, तस्कर पक्राउ
श्रीभूमिमा 13 करोड़को मर्फिन जफत, तस्कर पक्राउ


श्रीभूमि (असम), 11 अगस्त (हि.स.)। कछार पुलिसले असम राइफल्स औ श्रीभूमि पुलिससित संयुक्त अभियान चलाएर 8.224 किलोग्राम मर्फिन जफत गऱ्यो जसको अनुमानित मूल्य लगभग 13 करोड़ रुपियाँ रहेको बताइएको छ। यस अवधि एक संदिग्ध मादक पदार्थ तस्करलाई बदरपुर क्षेत्रबाट पक्राउ गरियो।

श्रीभूमि पुलिसले आज बतायो, कारबाही अवधि एउटा महिन्द्रा बोलेरो वाहन र एउटा मोबाइल पोन पनि जफत गरियो। जफत गरिएको सामानसितै आरोपीलाई कानूनी कारबाहीक लागि स्थानीय थानालाई सुम्पिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande