
लखनऊ, 11 अगस्त (हि.स.)। उत्तर प्रदेशका उपमुख्यमन्त्री बृजेश पाठकले मङ्गलवार प्रदेश कार्यालयमा आयोजित प्रेस वार्तालाई सम्बोधन गर्दै भने, राहुल गान्धीले झारखण्डका विद्यार्थीहरूको चित्कारलाई सुनेका छैनन्। उनले विद्यार्थीहरूको भविष्यको कुनै चिन्ता छैन।
देशका युवाहरूले राहुल गान्धीको दोहोरो चरित्रलाई राम्ररी बुझिरहेका छन्। बृजेश पाठकले भने, राहुल गान्धी गान्धी विद्यार्थीहरूको माध्यमबाट आफ्नो राजनीति चम्काउन चाहन्छन्। उपमुख्यमन्त्रीले भने, केन्द्र तथा भाजपाको सरकरा जेन जी अनि विद्यार्थीहरूको साथमा छ। हामी विद्यार्थी अनि युवाहरूको हितको पक्षमा उभिएका छौं।
सोधिएको एउटा प्रश्नको जवाफस्वरूप उनले भने, हाम्रो सरकार संसद चलाउनको लागि तयार छ। राहुल गान्धीले संसदीय इतिहासको गरिमालाई छिया-छिया बनाएका छन्। उनले 15 दिनदेखिको संसदलाई हाइज्याक गरेर जनतामा भ्रम फैलाइरहेका छन्। गृहमन्त्रीले हरेक प्रश्नको जवाफ दिनेछन् जसलाई सुन्न उनी तयार बसुन्। प्रेस वार्तामा भाजपाका मुख्य प्रवक्ता दिनेश प्रताप सिंह, प्रदेशका मिडिया संयोजक मनीष दीक्षित औ प्रदेशका सहमिडिया प्रभारी हिमांशु दुबे प्रमुख रूपमा उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा