
मेदिनीपुर, 11 अगस्त (हि. स.)। शहीद खुदीराम बोसको 119औं बलिदान दिवसको अवसरमा मङ्गलवार पश्चिम मेदिनीपुर जिल्लाको बेलदामा सवेरै 4 बजेर 20 मिनटमा शहीदको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरियो। बिहारको मुजफ्फरपुरस्थित शहीद खुदीराम बोस केन्द्रिय कारावासमा आयोजना हुने श्रद्धाञ्जली कार्यक्रमको परम्परा अनुरूप बेलदामा पनि सोही समय कार्यक्रम आयोजना गरिएको हो।
11 अगस्त, 1908-मा मेदिनीपुरका वीर क्रान्तिकारी खुदीराम बोसलाई बिहारको मुजफ्फरपुर केन्द्रिय कारावासमा फाँसी दिइएको थियो। स्वाधीनता पस्चात मुज्जफरपुर केन्द्रिय कारावासको नामाकरण शहीद खुदीराम बोसको नाममा गरियो। यहाँ प्रत्येक वर्ष 11 अगस्तको दिन सवेरै 4 बजेर 20 मिनटमा शहीदलाई श्रद्धाजली दिने परम्परा छ।
वर्ष 2023- मा मुजफ्फरपुरस्थित शहीद खुदीराम बोस केन्द्रिय कारावासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बेलदाका तीन जना पत्रकारहरूले भाग लिएका थिए जसमा शिक्षक एवं पत्रकार अखिलबन्धु महापात्र पनि सामेल थिए। उनीहरूले मेदिनीपुर समन्वय संस्थाको बेलदा क्षेत्रीय एकाई समक्ष बङ्गालमा पनि त्यै समयमा शहीद खुदीराम बोसलाई श्रद्धाञ्जली दिने प्रस्ताव राखेका थिए। सोही प्रस्तावको आधारमा मङ्गलवार बेलदा रेलवे स्टेशन परिसरमा यो कार्यक्रम आयोजना गरियो।
मेदिनीपुर समन्वय संस्थाको बेलदा क्षेत्रीय एकाईको तत्वावधानमा आयोजित कार्यक्रममा सङ्गठनका अध्यक्ष सूर्यकान्ति नन्द, सचिव पुलक पात्र, केन्द्रिय समितिका उपाध्यक्ष एवं शिक्षक हरिपद पात्र सहित केगी गणमान्य मानिसहरू उपस्थित थिए। वर्ष 2023- मा मुजफ्फरपुरमा आयोजित कार्यक्रममा सामेल भएका बेलदाका तीन जना पत्रकारहरू सहित पूर्व सैनिकहरूले पनि कार्यक्रममा भाग लिए।
यस अवसरमा शहीद खुदीराम बोसको प्रतिमामा माल्यार्पण औ दीप प्रज्ज्वलित गरी श्रद्धाञ्जली अर्पण गरियो। त्यसपछि शहीद खुदीराम बोसको स्मृतिप्रति समर्पित संक्षिप्त पदयात्रा निकालियो। भोर बिहान आयोजित यस कार्यक्रममा देशभक्ति र शहीदको बलिदानको स्मृतिबाट भावुक वातावरण सृजना भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा