
झाड़ग्राम, 11 अगस्त (हि.स.)। ओडिशाको भुवनेश्वरबाट पश्चिम बङ्गालको झाड़ग्राम तर्फ आइरहेको एक यात्री बस मङ्गलवार बिहान गोपीबल्लभपुर-दुई नम्बर खण्डको बंशी मोड़ क्षेत्रमा दुर्घटनाग्रस्त भयो। बस अचानक अनियन्त्रित भएर रूखसित ठोक्कियो। दुर्घटनाको सूचना पाएर स्थानीय मानिसहरू घटनास्थलमा पुगे अनि बसभित्र फसेका यात्रीहरूलाई बाहिर निकाल्नका लागि बचाउ कार्य शुरू गरे।
प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा ठूलो सङ्ख्यामा यात्रीहरू घाइते भएको आशङ्का रहेको छ। स्थानीय मानिसहरूको मद्दतले घाइतेहरूलाई बसदेखि बाहिर निकाल्ने प्रयास गरिँदैछ। घटनाको सूचना पुलिस अनि प्रसासनलाई पनि दिइएको छ। बचाउ कार्य जारी छ। यस दुर्घटनामा घाइते भएका यात्रीहरूको वास्तविक सङ्ख्या र दुर्घटनाको कारण तत्काल पुष्टि हुन सकेको छैन। स्थानीय स्तरमा राहत एवं बचाउ कार्यमा मानिसहरू जुटेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा