
गुवाहाटी, 11 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले प्रसिद्ध नाटककार, निर्देशक, अभिनेता औ गीतकार हेमन्त दत्ताको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, असमिया अभिनय औ नाट्य जगतमा हेमन्त दत्ताद्वारा पुऱ्याइएको योगदान सदैव स्मरणीय रहनेछ। उनले यस विशेष दिनमा दिवङ्गत कलाकारलाई गहिरो श्रद्धापूर्वक स्मरण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा