सरकारी धन पचाएको आऱोपमा तृणमूल कङ्ग्रेसका पूर्व उपप्रधान पक्राउ
सरकारी धन पचाएको आऱोपमा तृणमूल कङ्ग्रेसका पूर्व उपप्रधान पक्राउ


सिलगढ़ी, 11 अगस्त (हि.स.)। सरकारी धनको कथित हिनामिनाको आरोपमा नक्सलबाड़ी ग्राम पञ्चायतका पूर्व उपप्रधान तथा तृणमूल कङ्ग्रेसका अञ्चल अध्यक्ष विश्वजीत घोषलाई पुलिसले पक्राउ गरेको छ। उनीमाथि पञ्चायतको आयको राशि जमा गर्नको सट्टा त्यसलाई पचाएको आरोप लगाइएको छ।

जानकारी मुताविक नक्सलबाड़ी ग्राम पञ्चायतमा विपक्षका नेता औ भारतीय जनता पार्टी (भाजपा) मण्डल अध्यक्ष साधन चक्रवर्तीको सिकायतको आधारमा नक्सलबाड़ी थानाको पुलिसले गए सोमवार राती विश्वजीत घोषलाई पक्राउ गऱ्यो।

आरोप छ, पञ्चायतका विभिन्न श्रोतहरूबाट राजस्वको रूपमा राशि असुले पनि त्यसलाई पञ्चायत कार्यालयमा जमा गरिएन। साधन चक्रवर्तीले आरोप लगाए, पूर्व उपप्रधानले ग्राम पञ्चायत कार्यालयलाई आफ्नो निजी सम्पत्ति जस्तै प्रयोग गर्दथे भने बस स्ट्याण्ड, होर्डिङ्ग तथा टोल ट्याक्सबाट पाइने राजस्वलाई पञ्चायतमा जमा गर्नको सट्टा कथित रूपमा आफै हड़प्थे। यस मामिलामा उनले लगभग तीन लाख रुपियाँ पचाएको आरोप छ।

मङ्गलवार उनलाई सिलगढ़ी अदालतमा पेश गर्ने क्रममा भाजपा नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूले आऱोपीविरूद्ध चोर-चोरको नारा समेत लगाए भने कथित रूपमा अण्डा फाले।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande