बाढ़ीको विभीषिकाबीच असमकी जानमणिले राष्ट्रिय कराटे च्याम्पियनशिपमा स्वर्ण हत्याइन्
बाढ़ीको विभीषिकाबीच असमकी जानमणिले राष्ट्रिय कराटे च्याम्पियनशिपमा स्वर्ण हत्याइन्


जोरहाट (असम), 11 अगस्त (हि.स.)। असममा आएको विनाशकारी बाढ़ीबीच पनि टियक विधानसभा क्षेत्रकी एक उदियमान केलाड़ी जानमणि कोँवरले राष्ट्रिय स्तरमा राज्यको सुनाम फैलाएकी छन्। एलेङ्गमराको मजियाभेटा निवासी जानमणिले नयाँ दिल्लीमा आयोजित राष्ट्रिय कराटे च्याम्पियनशिपमा असमको प्रतिनिधित्व गर्दै स्वर्ण पदक हासिल गरिन्।

जानमणिको यो उपलब्धि यसकारणले पनि विशेष छ, किनभने बाढ़ीमा उनको परिवारले आफ्नो सर्वस्व गुमाएको छ भने आज पनि परिवार बाँधको एउटा टम्बुमा बस्न बाध्य छन्। यस विषम परिस्थितिमा पनि जानमणिले हिम्मत अनि आत्मविश्वास गुमाइनन्। उनले राष्ट्रिय प्रतियोगितामा बेजोड़ प्रदर्शन गर्दै स्वर्ण पदक आफ्नो नाममा पारिन्।

बाढ़ीको पानीसित जुझ्दै प्रतियोगितासम्म पुगेर तथा कठिन परिस्थितिमा रिंङ्गमा उत्रेर स्वर्ण पदक जित्ने जानमणि आज क्षेत्रवासीहरूको लागि प्रेरणा बनेकी छन्। उनको उपलब्धिले बाढ़ीको त्रासदीबीच एक सकारात्मक सन्देश दिएको छ।

टियकका विधायक विकास सैकियाले जानमणिसित भेट गरी उनलाई यस बेजोड़ उपलब्धिको लागि शुभकामना दिए। उनले खेलाड़ीहरूको कड़ा परिश्रम तथा दृढञ इच्छाशक्तिको सराहना गर्दै भविष्यमा खेलको क्षेत्रमा अगाड़ि बढ़्नको लागि हरसम्भव सहयोग गर्ने आश्वासन दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande