सिक्किममा पहिलो अङ्ग प्रत्यारोपण केन्द्रको उद्घाटन गरिने
राज्यपाल र स्वास्थ्य मन्त्री


गान्तोक, 11 अगस्त (हि.स.)। स्वास्थ्य तथा परिवार कल्याण तथा आयुष विभागका मन्त्री जीटी ढुङ्गेल तथा विभागीय सचिव छेवाङ ग्याछो भोटियाले मंगलबार लोकभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरे।

लोकभवनका अनुसार, भेटका क्रममा मन्त्री ढुङ्गेलले स्वास्थ्य तथा परिवार कल्याण विभागद्वारा राज्यमा स्थापना गरिएको पहिलो अंग प्रत्यारोपण केन्द्र तथा पोस्ट-ट्रान्सप्लान्ट आईसीयूको उद्घाटन समारोहमा उपस्थितिका लागि राज्यपाल माथुरलाई औपचारिक निमन्त्रणा दिए। राज्यपाल माथुरले केन्द्रको उद्घाटन गर्न आफ्नो सहमति प्रदान गरेका छन्।यो केन्द्र सिक्किममा स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि सिद्ध हुने अपेक्षा गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande