
कोलकाता, 11 अगस्त (हि.स.)। मङ्गलवार बिहान सिग्नलिङ्ग व्यवस्थामा खराबी आएको कारणले कोलकाता मेट्रोको ब्लू लाइनमा रेल सेवा केही समयको लागि बाधित भयो। ब्लू लाइनमा दक्षिणेश्वरदेखि शहीद खुदीरामसम्म चल्ने मेट्रो सेवा प्रभावित हुनाले यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्नु पऱ्यो। यद्यपि बिहान साढ़े छ बजेपछि मेट्रो सेवा सामान्य भएको जानकारी कोलकाता मेट्रोद्वारा दिइयो।
कोलकाता मेट्रो सूत्र अनुसार मङ्गलवार बिहान नियमित निरीक्षणको क्रममा नोआपाड़ा औ बरानगर मेट्रो स्टेशनबीच सिग्नलिङ्ग व्यवस्थामा तकनिकी समस्या रहेको थाहा लाग्यो। त्यसपछि सतर्कतास्वरूप ब्लू लाइनमा आंशिक रूपमा मेट्रो सेवा सञ्चालन गरियो।
बिहान छ बजेदेखि लगभग साढ़े छ बजेसम्म शहीद खुदीरामदेखि गिरिश पार्क मेट्रो स्टेशनबीच मेट्रो परिचालन गरियो। यस अवधि ब्लू लाइनको दोस्रो भागमा सेवा प्रभावित भयो। मेट्रो कर्मीहरूले सिग्नलिङ्ग व्यवस्थामा भएको खराबीलाई मरम्मत गरने कार्य शुरू गरे।
कोलकाता मेट्रोद्वारा जारी बयानमा बताइयो, बिहान साढ़े छ बजेपछि मेट्रो सेवालाई सामान्य बनाइयो। त्यसपछि ब्लू लाइनमा नियमित रूपमा मेट्रो चल्न थाल्यो।
तथापि यात्रीहरूको एक वर्गले मङ्गलवार बिहान मेट्रो सेवामा ढिलो भएको सिकायत गरे। यात्रीहरूको भनाइ छ, केही मेट्रो निर्धारित समयभन्दा विलम्ब गरी चलिरहेको थियो। त्यसैले केही स्टेशनहरूमा यात्रीहरूको भीड़ बढ़्यो।
यात्रीहरू अनुसार भीड़ अधिक भएको कारणले कतिपय स्टेशनहरूमा मेट्रोको स्वचालित ढोका बन्द हुन पनि गाह्रो पऱ्यो। यस अतिरिक्त केही यात्रीहरूले मेट्रोको वातानुकूलमा पनि समस्या भएको सिकायत गरेका छन्।
मेट्रो प्रबन्धनद्वारा सिग्नलिङ्ग व्यवस्थामा देखिएको तकनिकी खराबीलाई मरम्मत गरी सेवालााई सामान्य बनाएको जानकारी गराइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा