मिजोरममा सुरक्षा बलहरूको संयुक्त कारबाही, 10.56 लाखको गाँजा जफत
मिजोरममा सुरक्षा बलहरूको संयुक्त कारबाही, 10.56 लाखको गाँजा जफत


आइजल, 11 अगस्त (हि.स.)। असम राइफल्सले मिजोरम पुलिससित संयुक्त अभियान सञ्चालन गरी मिजोरमको सैतुअल जिल्ला अन्तर्गत कावलबेम क्षेत्रबाट 18.520 किलो गाँजा जफत गरेको छ। जफत गरिएको गाँजाको अनुमानित मूल्य लगभग 10.56 लाख रहेको बताइएको छ।

अभियान अवधि सुरक्षा बलहरूले गाँजा तस्करी गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गर्नको साथै एउटा मोटरसाइकललाई पनि जफत गरे।

जफत गरिएको मादक पदार्थ, मोटरसाइकल सितै पक्रा पर्ने व्यक्तिलाई अग्रिम कानूनी कारबाहीको लागि न्गोपा पुलिस थानामा सुम्पिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande