उत्तर प्रदेशमा प्रचण्ड बहुमतमा तेस्रो पटक पनि भाजपको सरकार बन्नेछ: केशव प्रसाद मौर्य
उत्तर प्रदेशमा प्रचण्ड बहुमतमा तेस्रो पटक पनि भाजपको सरकार बन्नेछ: केशव प्रसाद मौर्य


लखनऊ, 11 अगस्त (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता औ उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले भने, समाजवादी पार्टी (सपा), बहुजन समाज पार्टी (बसपा) औ कङ्ग्रेसले आगामी वर्ष 2027-मा जति नै राजनीतिक खिचड़ी पकाए पनि जनता उनीहरूको झुक्याइमा पर्ने छैनन्। उत्तर प्रदेशका जनताले यस बेमेल औ अवसरवादी गठबन्धनको तितो स्वाद पहिला नै चाखिसकेका छन्। अखिलेश यादव, मायावती औ राहुल गान्धीले आफ्नो सम्पूर्ण ऊर्जा खन्याए पनि भाजपालाई तेस्रो पटक सरकार बनाउनदेखि कसैले रोक्न सक्दैन। उपमुख्यमन्त्रीले मङ्गलवार आफ्नो सोशल मीडिया पोस्टमा लेखे, आगामी वर्ष 2027- मा विपक्षको सम्पूर्ण राजनीतिक उद्देश्य फेरि असफल हुनेछ र उत्तर प्रदेशा तेस्रो पटक प्रचण्ड बहुमतले भाजपाको सरकार बन्नेछ।

केशव प्रसाद मौर्यले लेखे, प्रधानमन्त्री नरेन्द्र मोदीको सशक्त नेतृत्वमा 'विकसित भारत'- को सङ्कल्पलाई सिद्ध बनाउनको लागि उत्तर प्रदेश सहित सारा देशमा डबल इ़ञ्जिनका सरकारहरूले विकासको नयाँ अध्याय लेखिरहेका छन्। भाजपाले एकपटक सरकार बनाएको ठाउँमा आफ्नो सुशासनको बलमा जनताको अटुट विश्वास तथा बारम्बार प्रचण्ड जनादेश हासिल गर्दछ। भाजपाको सरकार नभएका राज्यहरूमा पनि अब कमल फुलाउनका लागि जनता तयार भएर बसेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande