
मेदिनीपुर, 11 अगस्त (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दासपुर-दुई खण्ड अन्तर्गत चक चाँइपाट गाउँमा सर्पले डसेर एकजना 20 वर्षीय युवकको मृत्यु भयो। मृतकको पहिचान विश्वनाथ माँझीको रूपमा भएको छ। घटनापछि परिवार सहित सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ।
परिवार अनुसार गए सोमवार राती लगभग 11 बजे विश्वनाथ आफ्नो घरमा सुत्न गइरहेका थिए। यसै अवधि उसको खुट्टाको औंलीमा कुनै जीवले टोक्यो।आफन्तहरूले तत्काल तिनलाई उपचारको निम्ति सोनाखाली ग्रामीण अस्पतालमा पुऱ्याए। राती लगभग 11:45 बजे तिनलाई अस्पतालमा भर्ती गरियो। अस्पताल पुगेको केही मिनटपछि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।
भनिन्छ, विश्वनाथ माँझीका पिताको नाम स्वपन माँझी हो। मात्र 20 वर्षको उमेरमा युवकको अचानक मृत्यु भएपछि यो परिवारमा दुःखरूपी वज्रपात भएको छ।
तथापि विश्वनाथको मृत्यु कुन जीवले टोकेर भएको हो, यसको आधिकारिक पुष्टि अहिलेसम्म हुन सकेको छैैन। स्थानीय मानिसहरूको अनुमानमा लालाच सर्पले डसेर तिनको मृत्यु भएको हो। पुलिसले शवलाई दासपुर थानामा पठाएर ममिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा